चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार १२:३२   सम्पादक: admin

काठमाडौँ, २ वैशाख (रासस) : केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्ग अत्याधिक मात्रामा निस्कन्छ । तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ । यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्र गतिका विद्युतीय कण प्रसारण हुने गर्छन् । यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ । प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ । प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ । सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्म रुपले अध्ययन गर्छन् । भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सञ्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन् ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np