उदयपुरको लिम्ङचुङबुङमा पाँच दिने महोत्सव शुरु

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ११:११   सम्पादक: admin

गाईघाट, २ वैशाख (रासस) : उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–३ स्थित सातदोबाटे डाँडामा वैशाख १ गतेदेखि पाँच दिने लिम्चुङबुङ महोत्सव शुरु गरिएको छ । उक्त गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र गाउँपालिकामा बसोवास गर्ने विभिन्न जातजाति तथा भाषाभाषीका सांस्कृतिक पहिचान गराउने लक्षका साथ आइतबारदेखि पाँच दिने महोत्सव आयोजना गरिएको लिम्चुङबुङ पर्यटन विकास समितिका संयोजक ज्ञानबहादुर राईले बताउनुभयो । सो गाउँपालिकाले सञ्चालन गरेको उक्त महोत्सवको पहिलो दिन लिम्चुङबुङमा बसोवास गर्ने राई क्षेत्री, ब्रम्हाण, तामाङ, मगर तथा दलित जातिसँग सम्बद्ध सांस्कृतिक झाँकी तथा नृत्यसमेत प्रस्तुत गरिएको थियो । यस्तै दोस्रो दिनदेखि किराँती राईको साकेला नृत्य, मगरजातिको सोरठी तथा हुर्रा नृत्य, तामाङ जातिको सेलो नृत्य, क्षेत्री तथा ब्राह्मण जातिको बालान नृत्य र दलित जातिको पञ्चैबाजा प्रतियोगिता गरिएको पनि उक्त समितिले जनाएको छ ।

यस्तै स्थानीय जात, जातिको खानाको परिकार तथा स्थानीय क्षेत्रमा उत्पादित घरेलु बस्तु तथा सामग्रीसमेत महोत्सवमा प्रदर्शनीमा राखिएकाले यसबाट लिम्चुङबुङको सांस्कृतिक पहिचान राउन मद्दत मिल्ने र आन्तरिक तथा बाह्य पर्यटनको विकासमा समेत सहयोग मिल्ने गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । समुद्री सतहदेखि दुई हजार ३५० मिटरको उचईमा रहेको सो गाउँपालिकाबाट उत्तरी क्षेत्रको आठवटा हिमाल अवलोकन गर्न सकिने र १ नम्बर प्रदेशसहित तराईका सातवटा जिल्लासमेत अवलोकन गर्न सकिने भएकाले पनि यो क्षेत्रमा १ नम्बर प्रदेशकै सबैभन्दा अग्लो ७५ मिटर उचाइको भ्यूटावर समेत निर्माण शुरु भएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np