गोरुको विकल्प हाते ट्र्याक्टर

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार १०:२४   सम्पादक: admin

– कृष्ण न्यौपाने दमौली, २ वैशाख (रासस) : तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्र्याक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उहाँ अहिले आफैले सजिलै ट्र्याक्टर चलाएर खेतबारी जोत्न सक्नुहुन्छ । गाउँमा गोरु नै पाल्न छाडेपछि हिजोआज कल्पना जस्तै अन्य किसान हाते ट्र्याक्टरले नै खेतबारी जोत्न थाल्नुभएको छ । गोरुले जोत्दा दिनभर लाग्ने काम हाते ट्र्याक्टर लगाउँदा केही घन्टामै सकिने हुँदा किसान ट्र्याक्टरप्रति आकर्षित भएका हुन् । महिलाले गोरु जोत्न हुन्न भन्ने मान्यता भए पनि गाउँमा हिजो आज महिला नै ट्र्याक्टरको चालक भएर खेतबारी जोत्न थालेका छन् । त्यसको उदाहरण बन्नुभएको छ कल्पना । उहाँले भन्नुभयो,“पहिलो कुरा त गाउँमा गोरु नै पाइन छाड्यो, त्यसमाथि जोत्ने मान्छे पनि नपाइने । अहिले हाते ट्र्याक्टरले सजिलै जोत्न सकिने हुँदा समय र पैसाको पनि बचत भएको छ ।” श्रीमान् पूर्णबहादुरलाई काममा सघाउन कल्पना आफै ट्र्याक्टर लिएर बारी जोत्न अगाडि सर्नुहुन्छ । पूर्णबहादुर र कल्पना दुवै गाउँकै एक बोर्डिङ स्कूलका शिक्षक समेत हुनुहुन्छ ।

विद्यालय जान घरबाट सँगै निस्कने र फर्कने उहाँहरु दुबै आलोपालो घर र खेतबारीको काममा खट्ने गर्नुभएको छ । विगतमा खेतबारी जोत्ने बेलामा गोरु नपाएर कयौं दिन पालो पखर्नुपरेको स्मरण गर्दै कल्पनाले भन्नुभयो, “गोरुले जोत्ने समयमा पहिला पहिला खेत जोत्नको लागि दिन हेराए झैं हुन्थ्यो, तर आजकल दिउँसो विद्यालय गएर पनि बिहानबेलुका आफैले ट्र्याक्टर लगाएर बारी जोत्न भ्याइन्छ ।” गाउँकै एक किसानसँग रु ३२ हजारमा उक्त ट्र्याक्टर खरीद गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गोरु लगाउदा भन्दा ट्र्याक्टर लगाउदा खेती धेरै उब्जनी भएको छ । भीमाद नगरपालिका–९ का अध्यक्ष इमान थापाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन हाते ट्र्याक्टर प्रयोग गर्न प्रोत्साहन गरिएको बताउनुभयो । अनुदानमा हाते ट्र्याक्टर तनहुँको ब्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । कृषिमा लागत घटाउँदै उत्पादन बढाउने उद्देश्यले नगरपालिकाले अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको हो । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ६ वटा कृषि समूहलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । नगरपालिकाको कृषि शाखा प्रमुख विश्वराज वाग्लेका अनुसार नगरपालिका नवआदर्श मादीगङ्गा सामुदायिक समूह, सिमलटार कृषि समूह, दरै कृषि समूह, सिर्जनशील मिश्रित कृषि समूह, बर्लाची कृषि सामुदायिक समूह र सहनशील कृषि समूहलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । बाइस समूहको आवेदन परेकोमा पहिलो चरणमा ६ समूहलाई ट्र्याक्टर वितरण गरिएको वाग्लेले जानकारी दिनुभयो । हाते ट्र्याक्टरले एक दिनमा पाँच÷छ हलसम्मको खेत जोत्ने काम गर्दछ ।

गोरुले जोत्दा दिनभर लाग्ने भए पनि ट्र्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ । कृषिमा यान्त्रिकरण, व्यावसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उहाँले बताउनुभयो । नगरपालिकाका कार्यबाहक प्रमुख मीरा जोशीले किसानलाई प्रोत्साहनस्वरुप प्रदान गरिएको ट्र्याक्टरको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले कृषि क्षेत्रमा चालु आर्थिक वर्षका लागि रु ४९ लाख ३० हजार विनियोजन गरेको छ । नगरपालिकाले गतवर्ष तीन वटा हाते ट्र्याक्टर वितरण गरेको थियो । सहनशील कृषि समूहका अध्यक्ष कृष्णदेवी बस्नेतले गोरु महङ्गो पर्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त विकल्प रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरुले जोतेको दिनको रु दुई हजार भन्दा बढी पर्छ । गोरु भन्दा ट्र्याक्टर सस्तो पर्ने गरेको छ ।” सिर्जनशील मिश्रित कृषि समूहका कृषक हरिबहादुर गुरुङले स–साना गरामा समेत जोत्न मिल्ने भएकोले हाते ट्र्याक्टर उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गोरु र हली खोज्दा नपाइने र पाए पनि महङ्गो हुने भएपछि ट्र्याक्टरमा आकर्षण बढेको छ ।”

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np