बास्केटबल खेल जारी

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०९:३१   सम्पादक: admin

घोराही, २ वैशाख (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको पाँचाँै दिन आज बिहान चार खेल भएका छन् । दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीमा भइरहेको सो खेलमा महिला बास्केटबलअन्तर्गत प्रदेश ३, सुदूरपश्चिम, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहान भएको खेलमा प्रदेश नं ५ को १२ अङ्कका विरुद्ध ४५ अङ्क बटुलेर प्रदेश नं ३ सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै प्रदेश नं ४ को ३१ अङ्कका विरुद्ध त्रभुवन आर्मी क्लवले ५९ अङ्क ल्याएर सेमिफाइनलको यात्रा तय गरेका छन् भने प्रदेश नं १ को २९ अङ्कका विरुद्ध सुदूरपश्चिम प्रदेश ले ३३ अङ्क र सशस्त्र प्रहरीको एफिएफको ३५ अङ्कका विरुद्ध नेपाल पुलिस क्लबले ५७ अङ्क ल्याएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । आज दिउँसो पुरुषअन्तर्गतको बास्केटबल प्रतियोगितामा प्रदेश नं ५ र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र प्रदेश नं १ बीच खेल हुनेछ । यस्तै सशस्त्र प्रहरीको एपिएफ र प्रदेश ३ बीच खेल हुँदैछ भने सुदूर पश्चिम र प्रदेश ४ एकापसमा भिड्नेछन् । गत चैत २८ गतेदेखि शुरु भएको बास्केटबल प्रतियोगिता आउँदो वैशाख चार गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ गरी दश वटा समूहको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np