भैरहवामा पनि ‘ब्रोकर’ कार्यालय

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०८:२५   सम्पादक: admin

खस्यौली, २ वैशाख (रासस) : शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली (३४) नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । “केही लगानीकर्ता आइरहनुभएको छ,” भिजन सेक्युरिटिज प्रालि (३४) नं ब्रोकर कार्यालय, भैरहवाका सुदीप रिमालले भन्नुभयो । भैरहवामा शेयर खरीद तथा बिक्री कार्यालय नहुँदा लगानीकर्ता बुटवल आउनुपर्ने बाध्यता थियो । बुटवलमा एशियन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, आर्यनतारा इन्भेष्ट कम्पनीलगायत पाँच ब्रोकर कार्यालय छन् । पछिल्लो समय व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, शिक्षक लगायतले शेयरमा लगानी गर्न थालेको बताइएको छ । बुटवलमा रहेका पाँच ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको हाराहारीमा शेयर कारोवार हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np