बाँकेमा रगतको माग बढ्दो

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार ०७:४०   सम्पादक: admin

राँझा, २ वैशाख (रासस) : अस्पतालमा आउने बिरामीका लागि रगतको माग बढ्दै गएको छ । बाँकेमा सञ्चालित अस्पतालहरुमा आउने बिरामीको सङ्ख्या बढेसँगै अहिले दैनिक सरदर ४० देखि ४५ पिन्टसम्मको रगत माग हुने गरेको नेपाल रेडक्रस क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जले जनाएको छ । दैनिक रुपमा नेपालगञ्जबाट २५ देखि ३० र कोहलपुरबाट १५ देखि २० पिन्ट रगत माग हुने गरेको केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । साबिकको मध्य तथा सुदूरपश्चिमका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । सबभन्दा धेरै भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा रगतको खपत हुने गरेको प्रमुख रेग्मीले बताउनुभयो । नेपालगञ्जमा ठूला–साना गरी करीब २४ अस्पताल सञ्चालनमा छन् । रक्त सञ्चार केन्द्रले मागअनुसार रगतको सङ्कलन पनि बढाउँदै लगेको छ । दैनिक आठ देखि नौ सय पिन्टसम्म रगत मौज्दात हुने गरेको प्रमुख रेग्मीले बताउनुभयो । “संस्थागत रुपमा दैनिकजसो रक्तदान भइरहेकाले रगतको मौज्दातमा कमी हुन पाएको छैन,” उहाँले भन्नुभयो, “कमी हुने अवस्था आयो भने रक्तदातालाई आह्वान गर्ने गरेका छौँ ।” रक्त सञ्चार केन्द्रमा जम्मा भएको रगत ३५ दिनभित्रै प्रयोग गरिसक्नुपर्ने भएकाले धेरै सङ्कलन गर्नुभन्दा पनि नियमित गर्नेतर्फ आफूहरुको ध्यान हुने गरेको प्रमुख रेग्मीको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले क्षेत्रीय रक्तसञ्चार सेवालाई थप व्यवस्थित र आधुनिकीकरण गर्नका लागि स्रोतसाधनको समस्या भएकाले स्थानीय तहलाई सहयोगका लागि अनुरोध गरिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np