नेपाल टेलिकमलाई विश्वसनिय बनाउन सञ्चारमन्त्रीको आग्रह

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार ०७:२३   सम्पादक: admin

जनकपुरधाम, ३० चैत (रासस) : सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निष्ठा, उत्तरदायी र जवाफदेही वहनलेनै देश, संस्था र जीवनको हित हुने बताउनुभएको छ । नेपाल टेलिकम जनकपुरधाम कार्यालयद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले टेलिकमको गरिमालाई बचाइ आमजनताको मन जित्ने विश्वसनीय संरचना, व्यवस्थापन र क्रियाशीलताको खाँचो औंल्याउनुभयो । उहाँले वर्तमान गतिले टेलिकमको भविष्य उज्ज्वल हुन नसक्ने उल्लेख गर्दै उहाँले एकातर्फ रूवावासीको अवस्था रहेको र अर्कोतर्फ युनियनले स्वायत्तताको माग अघि सार्नु चिन्ताको विषय रहेको बताउनुभयो । मन्त्री बाँस्कोटाले पल÷पलमा लापरवाही प्रस्ट भइरहेको स्थितिमा नेपाल टेलिकमलाई पहिलो बनाउने विश्वसनीय आधार आमजनता समक्ष प्रस्तुत गर्नु गहन चुनौती देखिएको चर्चा गर्दै कर्मचारीलाई इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभयो । टेलिकमलाई आम नागरिकले अपनत्व बोध गर्नसक्ने गरी ल्याएको शेयर वितरण कार्यक्रमलाई प्रभावकारी रूपले कार्यान्वयन गर्ने दिशामा व्यवस्थापन र कर्मचारीको सकारात्मक पहलको आवश्यकता रहेको पनि उहाँले धारणा राख्नुभयो । उहाँले सिम परिवर्तनका प्रणालीलाई स्थानीय तहमा विस्तार गरी अनलाइन सेवा उपलब्ध गराउनमा ध्यान केन्द्रित गरी नेटवर्किङ्ग समस्याको समाधान गर्न पहलको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जनकपुर कार्यालय प्रमुख चिन्मय आनन्द र कर्मचारीले विद्यमान समस्याबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np