तीन जिल्लामा निःशुल्क कम्प्युटर हार्डवेयर तालीम

प्रकाशित मिति: ३० चैत्र २०७५, शनिबार ०६:०९   सम्पादक: admin

गलकोट, ३० चैत (रासस) : तीन जिल्लामा एकै साथ २६५ घण्टे निःशुल्क कम्प्युटर हार्डवेयर तालीम शुक्रबारदेखि शुरु गरिएको छ । धवलागिरि बहिरा आवासीय माध्यामिक विद्यालय बागलुङको अयोजना तथा सिटीइभिटीको आर्थिक सहयोगमा बागलुङ, पर्वत तथा म्याग्दीमा तालीम सञ्चालन गरिएको हो । बढ्दो वैदेशिक रोजगारीलाई घटाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कम्प्युटर हार्डवेयर प्राविधिक तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक रेशमबहादुर श्रीषले बताउनुभयो । हार्डवेयरमा सफ्टवेयर राखेर सञ्चालित हुने कम्प्युटरको खराबी, समाधानलगायत हार्डवेयरसम्बन्धी सम्पूर्ण प्रशिक्षण दिइने तालीमका प्रशिक्षक अनन्तविजय श्रेष्ठले बताउनुभयो । बागलुङसहित पर्वत र म्याग्दीमा तालीम लिन चाहने प्रस्तावित निवेदनबाट छनोट गरी २०÷२० जनालाई तालीम प्रदान गर्न थालिएको हो । तालीममा कम्प्युटरका मुख्य र सहायक पाटपुर्जा मर्मत तथा फेरवदल गर्नेलगायतको विषयमा सहजीकरण गरिने बताइएको छ । तालीममा एक विद्यार्थीवापत रु १८ हजार खर्च लाग्ने सिटीइभिटीले जनाएको छ । तालीममा सहभागी विद्यार्थीलाई दिनको रु ४० खाजा खर्चवापत भत्तासमेत उपलब्ध गराइनेछ । तालीमपछि कम्प्युटर मर्मत गरेरै स्वरोजगार बन्ने अपेक्षा राखेको सहभागी दुर्गाकुमारी शर्माले बताउनुभयो । बहिरा अपाङ्गता भएकालाई अध्यापन गराउँदै आएको यस विद्यालयले कक्षा १ देखि १० सम्म सामान्य शिक्षा र १० देखि १३ कक्षासम्म कम्प्युटर इञ्जिनीयरिङ विषयमा अध्यापन गराउँदै आएको छ ।

विद्यालयमा हाल २८० बहिरा अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । कालिका भगवतीमा श्रद्धालुको घुइँचो चैतेदशैँको आवसरमा कालिका भगवती मन्दिर बागलुङमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरमा पूजापाठ गर्ने र मेला अवलकोन गर्नेको घुइँचो लागेको हो । सो मन्दिरमा पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजनले विभिन्न पशुपक्षीको बलि दिने चलन पनि छ । मन्दिरमा हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको भीड लागेपछि भक्तजनलाई कडा सुरक्षाका बीच लाइनमा राखेर पूजाआजा गर्ने व्यवस्था गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । मन्दिरमा नेपालका विभिन्न स्थानलगायत भारतबाट दर्शनार्थी आएका छन् । चैतेदशैँको आज मुख्य दिन भएका कारण हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजन मन्दिर दर्शनका लागि आएका हुन् । प्रदेश सरकारले घोषणा गरेकोे ‘आन्तरिक पर्यटन वर्ष २०१९’ सफल पार्नका लागि कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैतेदशैँ मेलाले ठूलो सहयोग पु¥याउने पर्यटन व्यवसायी बताउँछन् ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np