टेबलटेनिसमा विभागीय टिमको वर्चस्व

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार १२:५५   सम्पादक: admin

घोराही, २९ चैत (रासस) : दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा आज सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको छ । प्रतियोगिताको आज तेस्रो दिन पाँच खेल सम्पन्न भएका छन । आज सम्पन्न खेलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको बर्चस्व रहेको छ । महिला समुहगत स्पर्धामा नेपाल प्रहरीले स्वर्ण, सशस्त्र प्रहरीको एपिएफ क्लबले रजत तथा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश ३ ले कास्य पदक जितेको छ । मिक्स डबल्सतर्फ पुलिस क्लबका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण पदक जित्यो । पुलिस क्लबकै विनेश खनियाँ र एलिना महर्जनले रजत, एपीएफ क्लबका पुरुषोत्तम बज्राचार्य र टिका सुवाल तथा त्रिभुवन आर्मी क्लबका बोधित विसी र दिक्षा तामाङले कास्य जितेका छन् ।

यस्तै महिला डबल्सतर्फ पुलिस क्लबका नविता श्रेष्ठ र एलिना महर्जनले स्वर्ण पदक हात पारे । त्रिभुवन आर्मी क्लबका स्वेच्छा नेम्वाङ र रविना महर्जनले रजत, प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एपीएफ क्लबका एलिसा खड्गी र सीता सुवालले कास्य पदक जितेका छन् । पुरुष डबल्सतर्फ पुलिस क्लबका श्यान्टु श्रेष्ठ र विनेश खनियाँले स्वर्ण, एपीएफ क्लबका मनिकुमार लामा र विलास श्रेष्ठले रजत, प्रदेश ३ का सञ्जोक कपाली र एलेक्स महर्जन तथा एपीएफ क्लबका पुरुषोत्तम बज्राचार्य र दीपसुन्दर गोचेले कास्य पदक जितेका छन् । यसैगरी आजै सम्पन्न टेबलटेनिसको पुरुष समुहगत स्पर्धामा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ । त्रिभुवन आर्मी क्लबले रजत तथा नेपाल पुलिस क्लब र प्रदेश ३ ले कास्य पदक जितेको छ । महिला एकल र पुरुष एकलका खेल शनिबार हुने आयोजकले जनाएको छ । टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । यसअघि बिहीबार सम्पन्न खेलमा प्रहरीले तीन तथा एपीएफ क्लबले एउटा स्वर्ण पदक जितेको थियो । बिहीबार महिला समूहगत स्पर्धामा पुलिस क्लब र एपीएफ क्लबले स्वर्ण पदक जितेको थियो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np