डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ११:४६   सम्पादक: admin

जनकपुरधाम, २९ चैत (रासस) : सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच (फाइबर टु द होम) सेवाको आज यहाँ शुभारम्भ गर्दै उहाँले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख सचिव दीपक सुवेदीसँग कुराकानी गरी सो सेवाको शुभारम्भ गर्नुभएको थियो । क्षमता अभिवृद्धि, सेवा विस्तार, गुणस्तरीयता र जनताको मन जित्ने किसिमले कार्यसम्पादनमाथि जोड दिँदै मन्त्री बाँस्कोटाले टेलिकमबाट बाहिरिएकै प्राविधिकको सीपबाट अन्य संस्था प्रतिस्पर्धामा अग्रस्थानमा रहनुले पनि यसको सेवाको विश्वसनीयतामाथि प्रश्नचिह्न लागेको बताउनुभयो । सम्पत्तिका दृष्टिले पनि सम्पन्न अवस्था रहेको टेलिकमको कार्यसम्पादन कर्मचारीको अल्छीपनका कारण तल खस्केको बताउँदै कम्पनीले अघि सारेको फोरजीलगायत नौ परियोजनाको सफल कार्यान्वयनतर्फ उन्मुख भई डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न सबैमा आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पलपलमा चुनौती थपिँदै गएको परिवेशमा टेलिकमले सेवालाई छिटो र गुणस्तरीय ढङ्गले कुनाकाप्चासम्म विस्तार गर्नु जरूरी छ ।” प्राविधिक रूपान्तरणको पहिलो पाइलाका रूपमा टेलिकमले जनकपुरधाम क्षेत्रका ११ हजार सेवाग्राहीलाई सो सेवा क्रमिक रूपले उपलब्ध गराउने लक्ष्य राखेको छ । सो प्रविधिअन्तर्गत अप्टिकल फाइबरमार्फत प्रयोगकर्ताले भिडियो र डाटा उच्चगतिको प्राप्त गर्ने जनाइएको छ । टेलिकमका क्षेत्रीय निर्देशक अमरेन्द्रनारायण सिंह र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले एफटिटिएच सेवालाई देशभर विस्तार गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो । टेलिकमका जनकपुरधाम कार्यालय प्रमुख चिन्मय आनन्दले एफटिटिएच सेवाबाट उच्च गतिको इन्टरनेट सेवा प्राप्त हुने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np