हेटौँडामा बर्डफ्लु नियन्त्रणको प्रयास

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०९:२६   सम्पादक: admin

हेटौँडा, २९ चैत (रासस) : प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ । यसैगरी ती प्रभावित क्षेत्रबाट कुखुराका अण्डा १८ हजार ५०० र कुखुराको दाना चार हजार १०० केजी पनि खाल्टोमा पुरिएको बताइएको छ । बर्डफ्लुको प्रकोपबाट नष्ट गरिएका कुखुराको करीब रु छ करोड ५० लाख मूल्य बराबरको क्षति भएको र ती कृषकलाई तत्काल प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउन आवश्यक कानूनी प्रक्रिया शुरु गरी सकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनाथ खरेलले बताउनुभयो । प्रभावित कृषकतर्फबाट प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र कृषि, भूमि व्यवस्था, सहकारीमन्त्री दावा दोर्जे लामालाई हालै भेटी प्रदेश सरकारको तर्फबाट कृषकलाई क्षतिपूर्तिबापत रकम उपलब्ध गराइदिन माग गरिएको वडा नं ७ का अध्यक्ष राजन थापाले बताउनुभयो ।

प्रदेशसभाको केही दिन अघि बसेको बैठकमा विशेष समयमा बोल्नु हुने सदस्यको जिज्ञासामा मुख्यमन्त्री पौडेलले प्रदेशअन्तर्गत पर्ने जिल्लामा क्षति पुगेका कृषकलाई प्रदेश सरकारको तर्फबाट आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया शुरु गरी सकिएको बताउनुभएको थियो । मकवानपुरका विभिन्न गाउँपालिकाका कुखुरा फार्ममा काठमाडौँबाट आएका प्रमुख पशु चिकित्सक डा राम कार्कीलगायतको प्राविधिक टोलीले विभिन्न चरणमा अनुगमन गर्ने र रोग फैलिन नदिने प्रयास शुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np