विपन्न समुदायलाई रेडियो

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०९:०४   सम्पादक: admin

बेझाड, २९ चैत (रासस) : रेडियो स्वामित्व र सहभागिता विशेष कार्यक्रम अन्तर्गत सामुदायिक रेडियो रामपुरले अति विपन्न समुदायलाई रेडियो वितरण गर्दै आएको छ । रेडियो सुन्न तीव्र इच्छा भएका तर आयस्रोत अत्यन्तै न्यून रहेका विपन्न समुदायका व्यक्तिलाई रेडियो रामपुरले रेडियो प्रदान गर्दै आइरहेको छ । पाल्पाको पूर्वी भागमा अवस्थित कालीगण्डकीवेशीकै पहिलो रेडियो रामपुरले स्थापनाकालदेखिनै यो कार्यक्रम हालसम्म निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । रामपुर नगरपालिका–५ मटेरी बस्ने ६१ वर्षीय कलावती डोटेलले रेडियो सेट पाएपछि खुशी व्यक्त गर्नुभयो । “रेडियो किन्न नसकेपछि गाउँघरका समाचार सुन्न छिमेकीको घरमा जाँदा नराम्रो दृष्टिकोणले हेर्थे, आफूसँग रेडियो नहँुदा गाउँघरका खबर सुन्न नपाइने, रेडियो रामपुरले एक सेट रेडियो दिएपछि बिहान खुलेदेखिराति बन्द नहुञ्जेलसम्म सुनिरहन्छु” डोटेलले भन्नुभयो । बुढेसकालमा उहाँलाई रेडियो सुनेर दिन बिताउने माध्यम पनि बनेको छ । गाउँघरका खबर यस रेडियो बोल्ने हुँदा पनि रेडियो सुन्ने चाहना पूरा भएको उहाँको भनाइ छ । अहिलेसम्म निस्दी गाउँपालिका–४ को मित्याल, – ५ को गल्धा, रामपुर नगरपालिका–१ र २ का गाँडाकोटलगायत अति विपन्न समुदायकै घर घरमा पुगेर रेडियो प्रदान गरिएको स्टेशन प्रबन्धक वासुदेव ढकालले बताउनुभयो ।

साविक रामपुर गाउँविकास समिति हालको रामपुर नगरपालिकाले दश रोपनी जग्गा उपलब्ध गराएपछि दुईतले सुविधासम्पन्न भवनमा रेडियो सञ्चालन भइरहेको छ । विसं २०६३ असार २७ मा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिई २०६५ कात्तिक २६ गतेदेखि नियमित रुपमा रेडियो सञ्चालन हुँदै आएको छ । सूचनाको पहुँच पुरयाउन जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको रामपुरमा गण्डकीवेशीकै पहिलो रेडियोको रुपमा स्थापना भई सामुदायिक स्वामित्वमा रहेर काम गरिरहेको रेडियो सञ्चालक समितिका अध्यक्ष वासुदेव देवकोटाले बताउनुभयो । सीपले आत्मनिर्भर बनायो महिलालाई तानसेन नगरपालिका–१० गैरागाउँ बस्ने नीलमाया पुन स्वीटर बुनेर आत्मनिर्भर बन्नुभएको छ । पढाइमा भन्दा स्वीटर बुन्ने कलामा रुचि जगाउने पुनले बाल्यकालदेखि स्वीटर बुन्दै आउनुभएको छ । “घरमा आमाले पढाइमा धेरै निगरानी गरिरहनुहुन्थ्यो, म आमा काममा व्यस्त भएको समयमा लुकेर स्वीटर बुन्ने गर्थेँ” उहाँले भन्नुभयो । सामान्य शिक्षा लिनुभएकी पुन हातमा सीप भयो भने आफैँ आत्मनिर्भर बन्न सकिन्छ भन्ने मनसायले पढाइलाई छाडेर स्वीटर बुन्ने सीप अङ्गालेको बताउनुहुन्छ । तानसेन बजारमा पसल राखेर व्यवसाय चलाउनुभएका पुनले एक हजारभन्दा बढी महिलालाई यो सीप सिकाइ सक्नुभएको छ । अहिले उहाँसँग नियमित रुपमा छ महिलाले स्वीटर बुन्ने सीप सिकिरहेका छन् ।

अनुदानमा कृषि सामग्री रामपुर नगरपालिका–४ का कृषक समूहलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । वडालाई कृषिमा आत्मनिर्भर बनाउन यहाँका १५ कृषक समूहलाई स्प्रे, थोपा सिँचाइका लागि पाइप, बोडीको बीउ वितरण गरिएको हो । शिवशक्ति महिला कृषक, जलदेवी कृषक, सदावार तरकारी उत्पादन कृषक, अन्नपूर्ण कृषक, हरियाली कृषक, तल्लो वडभान कृषक, काँसजरी विपन्न कृषक, सिर्जनशील कृषक, उद्यमी कृषक, अन्नपूर्ण कृषक, कालिका कृषक र बाङ्गेपसल कृषक समूहलाई अनुदानमा कृषिजन्य सामग्री वितरण गरिएको छ । सो समूहलाई दुई÷दुई वटा स्पे्र र एक÷एक किलो उन्नत जातको बोडीको बीउ र हाम्रो आधुनिक कृषि फार्म र ठाडा तरकारी तथा नर्सरी फार्मलाई थोपा सिँचाइका लागि पाँच सय मिटर पाइप र दुई÷दुई वटा स्पे्र र एक÷एक किलो उन्नत जातको बोडीको बीउ वितरण गरिएको वडा सचिव रजनी भण्डारीले जानकारी दिनुभयो ।

वडा कार्यालयको रुदुई लाख बजेटमा ७५ प्रतिशत अनुदानमा सामूहिक खेती गर्न इच्छुक कृषकलाई मात्र यस पटक अनुदानमा सामग्री वितरण गरिएको वडा सदस्य पार्वती परियारले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाका भवन बन्दै जिल्लामा एक अस्पतालसहित दश स्वास्थ्यचौकीका भवन निर्माणाधीन छन् । तीमध्ये दुई वटाको निर्माण भइसकेको छ । पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन निर्माण भइरहेको छ । हाल पन्ध्र श्ययाको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० श्ययाको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किमी पूर्वको रामपुरमा सरकारको रु २२ करोड २२ लाख पाँच हजार ३८३ को अनुमानित लागतमा बोलपत्र भएकामा रवीना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करीब साढे १८ करोडको लागतमा सम्झौता भई निर्माण बढेको छ । निर्माणाधीन भवन निरन्तर अनुगमन गर्ने कार्य भइरहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय प्रदेश नं ५ रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेयले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र.....

–वीरेन्द्र कर्ण नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म.....

राष्ट्रियसभामा सत्तापक्षका नेता दीनानाथ शर्माले राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयकका विषयमा आवश्यक.....

३ असार (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने.....

चीन, ३ असार (रासस÷एएनआई) : चीनमा सोमबार राती आएको भूकम्पका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको सिन्चुआन.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np