तामाङ चलचित्र महोत्सव शुरु

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार ०६:१७   सम्पादक: admin

बनेपा, २९ चैत (रासस) : तामाङ कलाकार सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा आजदेखि तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ । सङ्घको आयोजनामा आज, शनिबार र नयाँ वर्ष २०७६ वैशाख १ गते गरी तीन दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । “तामाङ भाषामा निर्माण भएको तामाङ चलचित्रको प्रवद्र्धन गर्नुका साथै गुणात्मक चलचित्र निर्माण, चलचित्रकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन र चलचित्रकर्मी कल्याणकोष स्थापना गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्दैछौँ”, तामाङ चलचित्र सङ्घका महासचिव जयनकुमार मोक्तानले भन्नुभयोे । महोत्सवमा तामाङ चलचित्रको वृत्ति विकासबारे विज्ञ तथा दर्शकबीच छलफल अन्तरक्रियासमेत हुने जनाइएको छ ।

सो क्रममा तामाङको मौलिकता झल्कने खाना, बाजागाजा, गोइलो, बुद्धचित्त माला, सांस्कृतिक झाँकीका साथै आवश्यक संसाधन, विज्ञ र तिनलाई समेट्ने स्टलको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । महोत्सवमा विसं २०७० देखि यता निर्माण गरिएका चलचित्रमध्येबाट पाँच चलचित्र छनोट गरी प्रदर्शन गरिँदैछ । प्रदर्शन हुने चलचित्रमा ‘सेमरीन मुला माया, आप्लेङला नाम्सा, स्होङ, रुङसी टिला र सेर्कु रहेका छन् । उत्कृष्ट चलचित्रलाई रु ५१ हजार नगद पुरस्कारसहित सम्मान गरिने महासचिव मोक्तानले बताउनुभयो । तामाङ चलचित्रमार्फत भाषा, साहित्य, कला, संस्कार, संस्कृति, धर्म, शिक्षा र मनोरञ्जन प्रदान गर्नुका साथै चेतना प्रदान गर्ने काममा टेवा पुरयाउँदै आइरहेको छ । यसरी गर्न लागिएको महोत्सव तेस्रो पटकको हो । यसअघि सङ्घले पहिलो तामाङ चलचित्र महोत्सवको रुपमा मकवानपुरको हेटौँडामा विसं २०६७ मा र दोस्रोपटक सोही ठाउँमा २०६८ मा सम्पन्न गरेको थियो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np