बिजुलीको बाँध र सिँचाइका नहरले माछा घटे

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १०:४८   सम्पादक: admin

काठमाडौँ, २८ चैत (रासस) : नेपालमा निर्माण भएका जलविद्युत् आयोजनाका विशाल बाँध र सिँचाइ नहरका कारण माछाको सङ्ख्या द्रुत गतिमा घटिरहेको एक अध्ययनले देखाएको छ । एशियाली विकास बैंक (एडिबी) नेपाल आवासीय कार्यालयले दुई वर्ष लगाएर गरेको अध्ययनअनुसार नेपालका विभिन्न नदीमा निर्मित एवं निर्माणाधीन जलविद्युत् आयोजनाका बाँध र सिँचाइ परियोजनाका कारण जलचरको सङ्ख्या ह्वात्तै घटेको छ । कालीगण्डकी, मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कुलेखानी, खिम्ती र त्रिशूली जलविद्युत् आयोजना तथा बबई सिँचाइ परियोजनामा केन्द्रित रहेर गरिएको ‘नेपालका नदीमा बाँध र त्यसको माछामा असर’ विषयको अध्ययनले जलचर घटेका देखाएको हो । देशभरि २३३ बाँध निर्माण भएका र तिनमा माछाका निम्ति पर्याप्त खेल्ने र पौडनेस्थल अभावका कारण प्रजननमा समेत प्रभाव परेकाले जलचर संरक्षणतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ । नेपालमा २३२ जातका प्रजातिका माछा पाइन्छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले जलचर र पर्यावरण संरक्षणमा विकास–निर्माणका आयोजना ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np