नाजुक बन्दै मानसिक अस्पताल

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १०:४०   सम्पादक: admin

सुभानु आचार्य ललितपुर, २८ चैत (रासस) : मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा, पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ । स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको अवस्था त्यसबाट माथि उठ्न सकेको छैन । शय्याको अभावमा बिरामी त्यसै फर्कनुपर्ने बाध्यता छ । सरकारले अस्पताललाई वार्षिक रु दुई करोड दिने गरे पनि यति रकमले कतै पनि छेउ नलाग्ने मानसिक अस्पताल पाटनका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले गुनासो गर्नुुभयो । “अस्पतालमा कुल ७४ जना कर्मचारीको दरबन्दी छ । त्यसमा ४८ जनाको पदपूर्ति छ भने रिक्त दरबन्दी २६ को सङ्ख्यामा छ”, लाखेले भन्नुभयो, “३५ जना कर्मचारी करारमा कार्यरत छन्, उनीहरुलाई अस्पतालको सटर भाडाबाट उठेको रकमबाट मात्र महिनामा रु आठ हजारदेखि बाह्र हजार तलब खुवाउनुपर्ने बाध्यता छ । ” अस्पतालमा हाल पाँच जना एमडी चिकित्सक कार्यरत छन् । उपचार सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् ।

अस्पतालमा बिरामीको चाप बढेसँगै हाल ३०० शय्याको व्यवस्थित भवन निर्माण गर्ने योजना अघि बढाएका छौँ । त्यसमा करीब एक सयदेखि १५० शय्या मात्र थप्न सकियो भने चिकित्सक र बिरामी दुवैको समस्या समाधान हुने अस्पतालका सूचना अधिकारी एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा अनन्तप्रसाद अधिकारीले बताउनुभयो । “मानसिक रोग लागेका बिरामीलाई कम्तीमा पनि एक हप्ता अस्पताल राख्नुपर्ने हुन्छ । अस्पताल बस्ने हरेक बिरामीसँग दिनको रु ५० उठाएर दिनको तीन पटक खाना र खाजा खुवाउने व्यवस्था गरेका छौँ”, अधिकारीले भन्नुभयो, “थप बिरामी आउँदा उनीहरुलाई अन्तरंग सेवामा भर्ना गर्न नसकेर आकस्मिक कक्षमा राख्नुपर्ने बाध्यता भएको छ, जब बिरामी उपचार गरेर घर फर्कन्छन् तब उनीहरुलाई साधारण कक्षमा सार्ने गर्नु परिरहेको छ ।” अस्पतालमा अपराह्न ३ देखि ५ बजेसम्म पेइङ(चिकित्सक शुल्क)मा आउने बिरामी जाँच्ने गरिन्छ । पेइङ शुल्क प्रत्येक बिरामीसँग रु ४०० र क्याबिनमा बस्ने बिरामीसँग रु २५० लिने गरिएको छ । आजकाल मानिसको आम्दानी कम भएर होला उच्चकोटिको जीवनयापन गर्न खोज्दा त्यहीअनुसार जिउन नपाई मनमा कुरा खेली मानसिक रोग बढेको बहिरङ्ग सेवा सिनियर अनमी हस्तमाया अर्यालले बताउनुभयो ।

“अस्पतालमा उपचार कक्ष र शय्याका साथै विभिन्न कुराको अभावका कारण कैयौँ बिरामीका आफन्तले आफ्नो बिरामीको उपचारका लागि अस्पताल भर्ना गर्न नपाएकामा गुनासो गर्छन्”, अर्यालले भन्नुभयो, “हाल बढीजसो १५ देखि ३५ वर्ष उमेर समूहका युवकयुवतीहरु मानसिक रोगको शिकार भएका छन् ।” अस्पतालमा महिला र पुरुष दुवैलाई उपचार गर्ने कक्ष छुट्टाछुट्टै छ तर सो रोग लागेका बिरामीका एक आफन्तलाई भने कुरुवामा राख्नुपर्ने हुँदा उक्त कक्षको व्यवस्था गर्न नसकेको बताइएको छ । अस्पतालले प्र्रयोगात्मक परीक्षा गर्न आउने हरेक विद्यार्थीसँग वार्षिक रु ५० हजार लिने गरेको छ । यसका आधारमा अस्पतालले प्र्रयोगात्मक परीक्षामार्फत वर्षमा रु १८ लाखदेखि २० लाख उठाउँछ । अस्पतालका सात सटरबाट प्रत्येकको रु ५८ हजारको दरले वर्षको रु चार लाख ६० हजार उठाइए तापनि उपकरण खरीद र बिरामीको हेरचाहमा सो रकम पु¥याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा हालसम्म सुविधासम्पन्न भवन तथा नयाँ र आधुनिक उपकरण अभावका साथै पिउने पानीको समस्या निकै छ । पानीको समस्या समाधान गर्न अस्पतालले दुई तीन पटक डिप बोरिङ गरे तापनि आवश्यक पानी झिक्न नसकेको यहाँका एक कर्मचारीले बताए । “विगत कैयाँै वर्षदेखि यहाँ पिउने पानीको समस्या बढ्दै गएको छ”, ती कर्मचारीले भने, “खानेपानी कारखाना चलाउने एक दाताले सहयोग गर्छु भनेर आएको छ तर कति पानी उपलब्ध गराउने हो त्यसको निधो भने भइसकेको छैन ।”

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np