हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना हुने

प्रकाशित मिति: २७ चैत्र २०७५, बुधबार ०८:३५   सम्पादक: admin

काठमाडौँ, २७ चैत (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ । यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचाँै स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा देवकोटाले सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको बताउनुभयो । उहाँका अनुसार ‘स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक’ बनाउने मूल ध्येयका साथमा मन्त्रालयले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । विगत २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवा रोग नियन्त्रण, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्यका कर्मचारी समायोजनका समस्या समाधान गर्न पहल भइरहेको जानकारी दिँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।

सम्मेलन आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले पछिल्लो समय नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट बढी मृत्यु भइरहेको बताउनुभयो । पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी कम हुँदा यसको भार गरीब विपन्न जनतामा बढी परेको बताउनुभयो । तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता छ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यका नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्षले सहयोग पुग्ग्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिने जानकारी गराउनुभयो ।

स्वास्थ्य समता र विकास, सामाजिक स्वास्थ्य बीमा, नसर्ने रोग, मातृ स्वास्थ्य, बाल स्वास्थ्य र किशोरकिशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, सरुवा रोग, जैविक स्वास्थ्य र स्वास्थ्य सूचना, स्वास्थ्य प्रणाली, हेल्थ इकोनोमिक्स तथा फाइनान्सिङ र स्वास्थ्य संवद्र्धन, प्रविधि र आवश्यक मेडिकललगायत विषयमाथि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल उत्कृष्ट कृति पुरस्कार, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार र मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार पनि वितरण गरिने छ । परिषद्ले आफ्नो स्थापनाको दिनको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यासम्बन्धी वैज्ञानिक सम्मेलन गर्दै आएको छ । यसैबीच चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पतालले वहिरङ्ग सेवा (ओपिडी) सेवा सञ्चालनका लागि टिकट काउन्टर आज बिहान खुला गरेको थियो । तर सरकारी चिकित्सक सङ्घ(गोदान)का आन्दोलनका कारण आज पनि वीर अस्पतालमा स्वास्थ्य सेवा लिन आएका बिरामीले आफ्नो स्वास्थ्य परीक्षण गर्न पाएनन् । चिकित्सकको समायोजनमा असहमति राख्दै गोदानमा आबद्ध चिकित्सकले चार दिनदेखि सरकारी अस्पतालका आकस्मिक सेवाबाहेक ओपिडी सेवा ठप्प पारेका छन् । यसबाट हजाराँै बिरामी मर्कामा परेका छन् ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np