जर्जिया नेटोमा आबद्ध हुन्छ – स्टोल्टेन्बर्ग

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार १२:४४   सम्पादक: admin

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध गरेपनि जर्जियालाई नेटोको सदस्यता प्रदान गरिने बताउनुभएको छ । तत्कालीन सोभियत सङ्घबाट टुक्रिएर स्वतन्त्र राष्ट्र बनेको जर्जियालाई नेटोको सदस्यता नलिन निरन्तर दबाब दिँदै आएको छ । गत सातादेखि शुरु भएको १२ दिने नेटो–जर्जिया सैनिक अभ्यासको निरीक्षणका क्रममा स्टोल्टेन्बर्ग जर्जियाको राजधानी टिब्लिसीमा हुनुहुन्छ । “नेटोमा आबद्ध २९ मुलुकले जर्जियालाई सदस्यता दिनेमा सहमति जनाइसकेका छन्,” स्टोल्टेन्बर्गले टिब्लिसीमा जर्जियाका प्रधानमन्त्री मामुका बाख्टाजसँगै आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । महासचिव स्टोल्टेन्बगले रुसको नामै लिएर नेटोको खुला–प्रवेश नीतिमा कुनै पनि मुलुकले हस्तक्षेप गर्ने अधिकार राख्दैन भन्नुभयो । “हामी रुस वा अरु कुनै शक्ति राष्ट्रले नेटोमा आबद्ध सदस्य राष्ट्रले गर्ने कार्यहरुका बारेमा निर्णय गर्न सक्दैनन् र त्यो हामीलाई स्वीकार्य छैन,” उहाँले बताउनुभयो । सन् २००८ मा रोमानीयामा आयोजित सम्मेलनमा नेटोका नेताहरुले जर्जिया नेटोमा आबद्ध हुन सक्ने बताएका थिए तर जर्जिया अझै पनि नेटोको औपचारिक सदस्य बन्न सकेको छैन । नेटोमा जर्जियाको प्रवेशलाई रुसले आफ्नो मुलुकमाथि विस्तारै हस्तक्षेप गर्न चाहेको रुपमा व्याख्या गरिरहेको छ । जर्जियाका प्रधानमन्त्री बाख्टाजले आफ्नो मुलुकको सुरक्षाका बारेमा निर्णय गर्ने अधिकारमाथि अर्को मुलुकले हस्तक्षेप गर्न नपाउने जिकिर गर्नुभयो । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np