‘चीन र फ्रान्स विशेष मित्र’ : राष्ट्रपति सी

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार १२:२५   सम्पादक: admin

नाइस, फ्रान्स, ११ चैत (रासस÷सिन्ह्वा) : चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहनुभएका सीले चीन  फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताउनुभएको हो । उहाँले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश बाँकि विश्वलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गत शताब्दीको साठीको दशकमा जनरल चाल्र्स डे गाउलेले जन गणतन्त्र चीनसँग चौतर्फी कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएको थियो । चिनियाँले यसको प्रशंसा गरेका छन् । त्यसैले फ्रान्सप्रति चिनियाँको विशेष भावना छ ।” हाल फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार रहेको छ भने एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । हाल विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ । यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धमा सामन्जस्यता कायम गर्न अन्वेषण गरेका छन् । चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका केही विद्वानले “बीआरआई“माथि ध्यान दिएका छन् । विश्वमा चीन र फ्रान्सले प्रभावकारी महत्वपूर्ण मापदण्ड सम्झने र पालना गर्ने मात्र दुई मुलुकको विशेष सम्बन्ध सुदृढ पारिने र विकास गरिने छ । सन् २०१८ मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा बिक्री रकम ४५० खर्ब चिनियाँ युआन पुगेको थियो । चीन विश्वको सबैभन्दा ठूलो उपभोग बजार बनेको थियो । चीन बजारले चीनका व्यापारिक साझेदारी खास गरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ । चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा ४२.२ प्रतिशतले बृद्धि भएको छ । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np