‘आवधिक निर्वाचनको कार्यतालिका ऐन मै आवश्यक’

प्रकाशित मिति: १० चैत्र २०७५, आईतवार १३:१३   सम्पादक: admin

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै व्यवस्था हुन आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोगद्वारा उहाँको सम्मानमा आज आयोजित बिदाइ कार्यक्रममा उहाँले भन्नुभयो, “स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि हाम्रो देशमा ऐन मै निर्वाचनको कार्यतालिका उल्लेख गर्नु अति नै आवश्यक छ ।” “निर्वाचनको मिति घोषणा गर्ने अधिकार अहिले कार्यकारिणीलाई छ, त्यो अधिकार सरकार, संसद् र आयोगलाई होइन, निर्वाचन ऐनमा हुनुपर्दछ, कुन तहको निर्वाचन गर्ने हो, कति समय लाग्ने हो सबै व्यवस्था कानूनबाटै निर्देशित हुनुपर्छ”, प्रमुख आयुक्त डा यादवले भन्नुभयो । विसं २०६२÷६३ को जनआन्दोलनको उपलब्धिका रुपमा लोकतन्त्र, सङ्घीयता र गणतन्त्रले स्थायित्व प्राप्त गरिसकेको हुँदा अब आवधिक निर्वाचनको सुनिश्चिताको लागि कानूनमै निर्वाचन कार्यतालिका उल्लेख गर्नुपर्ने उहाँले बताउनुभयो । इमान्दार र समन्वय गरेर आयोगका पदाधिकारीले काम गरेमा लोकतन्त्र, सङ्घीयता र गणतन्त्रको सुदृढीकरणका साथै आयोगप्रति सबैको विश्वास बढ्ने बताउँदै उहाँले भन्नुभयो, “आयोगले लोकतन्त्रको सुदृढीकरणका निम्ति ठूलो योगदान दिन सक्छ ।” 


सबैको सहयोग आफ्नो इमान्दार, आत्मविश्वास र मेहिनतका कारण प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी र कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै उहाँले एघार महीनाभित्र तीन तहका ११ निर्वाचन गर्नु आफैमा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । सरकार र आयोगबीच आवश्यक सहकार्य गरी प्रदेश र स्थानीय तहमा खाली रहेका पदमा यथाशीघ्र निर्वाचन गराउन अघि बढनुपर्ने सुझाव प्रमुख निर्वाचन आयुक्त यादवले दिनुभयो । सरकारले उहाँलाई २०७२ साल असार २७ गते प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी दिएको थियो । यसअघि २०६३ साल पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्तमा रही काम गर्नुभएका डा यादवले २०६९ चैत ११ गते पुन उक्त पदमा नियुक्ति पाउनुभएको थियो । महेन्द्र मोरङ क्याम्पसमा सहायक प्राध्यापक, जुट विकास तथा व्यपार संस्थानको महाप्रवन्धकको अनुभवसमेत सम्हाल्नुभएका डा यादवका निर्वाचन प्रणालीको संक्षिप्त रुपरेखा, नेपालमा निर्वाचन खर्च, संविधानसभा निर्वाचन २००८ को झलक, नेपालमा मतदाता दर्ता प्रणाली तथा नेपालको अर्थ राजनीति लगायतका विषयमा सात वटा पुस्तक प्रकाशित छन् । उहाँसगै आयुक्त ईला शर्माले पनि आजैदेखि आफनो छ वर्षे कार्यकाल पूरा गर्नुभएको छ । उहाँहरु दुवै जनाको २०६९ चैत ११ गते निर्वाचन आयुक्तमा नियुक्ति भएको थियो । समापन समारोहमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल, सचिव देवकुमारी गुरागाईं र सहसचिव शङ्कर खरेलले प्रमुख आयुक्त डा यादवको नेतृत्वमा आयोगबाट सम्पादन भएका निर्वाचनसम्बन्धी महत्वपूर्ण काम र उपलब्धि बारे प्रकाश पार्नुभएको थियो । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np