घर नक्साको विद्युतीय अभिलेखीकरण गरिँदै

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०७:५४   सम्पादक: admin

पोखरा, ५ चैत (रासस) : पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण गराउने काम शुुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक कार्यक्रमबीच शुभारम्भ गर्नुभयो । प्रविधिमैत्री सेवाले भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने बताउँदै उहाँले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइनमार्फत भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टाचारलाई कम गर्ने उल्लेख गर्नुभयो । नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई कागजरहीत बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरणमार्फत व्यवस्थित गरिने जानकारी दिनुभयो । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर पूर्णबहादुर गुरुङले एक हजार वर्गफिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताउनुभयो । काठमाडौँको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सापासका अभिलेखलाई व्यवस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिइयो । सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति कास्की जिल्लाको रुपा गाउँपालिका–६ मोहोरीयास्थित सिद्धार्थ स्मृति भलिबल मैदानको स्तरोन्नति गरिने भएको छ । भलिबलका वर्तमान राष्ट्रिय टिम क्याप्टेन इमबहादुर रानामगरलाई भलिबलका क्षेत्रमा यस अवस्थासम्म ल्याई पु¥याउन महत्वपूर्ण योगदान गरेको यस खेल मैदानको स्तरोन्नतिका लागि रुपा गाउँपालिकाले रु पाँच लाख छुट्याएको छ । 

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले उक्त निर्माण कार्यको शुभारम्भ गर्दै खेलको माध्यमबाट पर्यटनको विकासका साथै समृद्धिसँग जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो । रुपा गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालय स्थापनाका लागि समन्वय समितिको कोषबाट रु चार करोड विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले पालिकाका एक वडा एक खेलमैदान निर्माण कार्य तीव्ररुपमा भइरहेको उल्लेख गर्दै खेलमैदान निर्माण गर्न रु ३५ लाख विनियोजन गरिएको जानकारी दिनुभयो । खेल मैदान उपभोक्ता समितिका अध्यक्ष सन्दिप गुरुङका अनुसार ग्रामीण क्षेत्रको महत्वपूर्ण एवं लोकप्रिय खेल भलिबल खेलको विकासको लागि भौतिक पूर्वाधारको खाँचो औंल्याउनुभयो । गाउँपालिकाका केन्द्रमा रहेको सो भलिबल खेल मैदान फराकिलो बनाउने कार्य भइरहेको सिद्धार्थ क्लबका अध्यक्ष जीवबहादुर थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np