उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०७:२७   सम्पादक: admin

वासिङ्टन, ५ चैत (रासस÷सिन्ह्वा) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार पुनः वार्ता गर्ने उहाँको धारणा थियो । अमेरिकाको ‘बि ९८ एफएम’ लाई दिनुभएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले भन्नुभएको छ– हामीलाई विश्वास छ कि हामी यस विषयमा प्रतिक्षामा छौँ र उत्तर कोरियाले यस विषयमा गरेका प्रतिबद्धताहरु पालना गर्ने विश्वासमा छौँ । हामीले इतिहासमा नै सबैभन्दा गाह्रो आर्थिक नाकाबन्दी पनि लगाएका छौँ र हामीले इतिहासकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक वार्ताहरु पनि गरेका छौँ– उहाँको भनाई थियो । हनोइमा अमेरिका र उत्तर कोरियाबीचमा भएको उच्चस्तरीय वार्तामा केही प्रगति भने भएको धारणा राख्नुभयो । उत्तर कोरियाको आणविक कार्यक्रम यस दशककै गाह्रो विषय भएकोले यसमा अरु केही वार्ताहरु पनि गर्नुपर्ने हुनसक्ने उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो– सिंगापुरमा गत वर्ष भएको वार्तापछि केही हप्तामात्र अघि भियतनामको हनोइमा महत्वपूर्ण वार्ता भयो र त्यहाँ थोरै मात्र भए पनि प्रगति भएको छ, यसलाई हामी आगामी दिनका लागि पनि निरन्तरता दिन चाहन्छौँ । उता केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने बताउनुभएको थियो । उहाँले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताइरहेका बेला सोमबार अमेरिकी विदेशमन्त्रीको यो धारणा आएको छ । अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो । सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभएको बताइएको थियो । तर हनोइ वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिनुभएको थियो । उहाँहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा निशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको छ । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np