महिला सामूहिक लसुन खेतीतर्फ

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०७:२४   सम्पादक: admin

घोराही, ५ चैत (रासस): दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा भाडामा लिई लसुन तथा प्याजखेती गर्दै आएका छन् । मागलाई ध्यानमा राखी लसुन र प्याजखेती थालेको कोपिला कृषक समूह मघैका अध्यक्ष कैलाशी चौधरीले बताउनुभयो । समूहको करीब रु १० लाख र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिझम)को रु ११ लाख ५५ हजारमा लसुन र प्याजखेती थालिएको हो । टोलका २२ महिला आवद्ध सो समूहले लसुन र प्याज खेती गर्न दुई ट्रयाक्टर, एउटा पम्पसेट, डिजिटल काँटा एउटा र १० स्प्रे ट्याङ्की खरीद गरेको छ । यसअघि गरिएको च्याउ खेतीबाट मनग्य आम्दानी भएपछि लसुन खेतीमा लागेको समूहका कोषाध्यक्ष जानकी चौधरीले बताउनुभयो । “एक्लाएक्लै काम गर्दा व्यावसायिक रुपमा जान समस्या हुन्छ । रकम र समय बढी खर्च हुन्छ”, उहाँले भन्नुभयो । समूहमा लागेपछि आफ्नो दैनिकी चलाउन सजिलो भएको उपाध्यक्ष आशा चौधरी बताउनुहुन्छ । समूहमा जम्मा गरिएको रकमले घरखर्च चलाउन सजिलो भएको छ । 

समूहमा लागेर च्याउ, लसुन र प्याज खेती मात्र होइन सामूहिक रुपमा धान काट्न, मसुरो छिन्ने तथा अन्य घरायसी काम समेत सामूहिक रुपमा गर्दै आएको उनीहरुले बताए । सो रकम समूहमा जम्मा गरिने र आवश्यक परेको समयमा सस्तो ब्याजदरमा ऋण लगानी गर्ने गरिएको चौधरीले बताउनुभयो । महिलालाई सामूहिक रुपमा खेती गर्न सहयोग गरिएको साना कृषि आयस्तर परियोजनाका कार्यक्रम संयोजक रिप्रसाद शर्माले बताउनुभयो । आयोजनाले हाल च्याउ, लसुन, मसुरो, माछापालनलगायत क्षेत्रमा रु ३३ करोड लगानी गरेको छ । आयोजनाले समूहलाई ८० देखि ९० प्रतिशतसम्म, सहकारीलाई अधिकतम ६५ प्रतिशत तथा व्यक्तिलाई ५० देखि ६५ प्रतिशतसम्म अनुदान दिँदै आएको छ । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np