बालश्रम अन्त्य गर्नुपर्छः मन्त्री घिमिरे

प्रकाशित मिति: ५ चैत्र २०७५, मंगलवार ०७:१४   सम्पादक: admin

विराटनगर, ५ चैत (रासस) : बालश्रम दण्डनीय एवं कानूनी अपराध भएकाले यसतर्फ सम्बन्धित सबै पक्ष सचेत हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपालमा झन्डै एक हजार २९४ इँटा उद्योगमा करीब दुई लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये ३२ हजारभन्दा बढी बालबालिका आफ्ना अभिभावकसँगै बालश्रम गर्न बाध्य छन् । अझ निर्माण क्षेत्रमा पनि व्यापक बालश्रम प्रयोग भइरहेकाले यसतर्फ सम्बन्धित निकायले ध्यान पुरयाउनु जरुरी देखिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १, एकीकृत हातेमाले समाज नेपाल र नारी विकास सङ्घ विराटनगरसहित सातवटा संस्थाद्वारा आज यहाँ आयोजित ‘श्रममैत्री इँटा उद्योग, उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक गोष्ठीमा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो । सो अवसरमा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालश्रम अन्त्य गर्न प्रदेश सरकारले कठोर नीति अवलम्बन गर्ने बताउँदै बालश्रम प्रयोग हुने उद्योग एवं क्षेत्रमा सरकारले कडा निगरानी गर्ने बताउनुभयो । 

दक्ष र प्राविधिक कामदारका अभावमा अन्य देशबाट श्रमिक नेपाल आउने गरेको भन्दै उहाँले यहाँका उद्योग र कारखानालाई चाहिने श्रमशक्ति यही उत्पादन गर्ने योजना बनाइरहेको धारणा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अहिलेको परिवेशमा प्रविधि र दक्षता प्रयोग गरेर प्रदूषणरहित एवं बढी उत्पादनशील उद्योग स्थानपना हुनुपर्ने बताउँदै बालश्रम अन्त्य गर्न, श्रममैत्री वातावरण सिर्जना गर्न र स्वास्थ्य अनुकूल नीति बनाउन सरकारले विशेष पहल गर्नुपर्छ भन्नुभयो । एकीकृत हातेमालो समाज नेपालका अध्यक्ष डिल्लीराम गिरी, कोशी अञ्चल इँटा उद्योग सङ्घका अध्यक्ष महेन्द्र साह र नेपाल गुडविभ फाउण्डेशनका हुस्नबानो शेखले बालश्रम प्रयोग हुन नदिन नियमन गर्ने निकाय सचेत रहनुपर्नेमा जोड दिनुभयो । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np