समझदारी कार्यान्वयनमा नेपालको जोड

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार १२:४३   सम्पादक: admin

काठमाडौँ, ४ चैत (रासस): श्रमिक आपूर्ति तथा त्यस सम्बन्धमा हालै भएका द्विपक्षीय समझादारीको शीघ्र कार्यान्वयन गर्न नेपालले मलेसियासँग अनुरोध गरेको छ । मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले आज त्यहाँको परराष्ट्र मन्त्रालयका उपमहानिर्देशक राजा दातो नुरसिरवान बिन जैनाल अबिदिनलाई भेटेर दुई देशबीच हालै भएका समझदारी लागू गर्न अनुरोध गर्नुभएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । “श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डअनुरुप मलेसिया सरकारले यथाशक्य चाँडो काम अघि बढाएमा नेपालीलाई मलेसिया आउन सहज हुनेछ,” नेपाल–मलेसिया सम्बन्धका अतिरिक्त श्रमिकका हकहितमा केन्द्रित रहेर राजदूत पाण्डेले गर्नुभएको अनुरोध उद्धृत गर्दै उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजदूत पाण्डेले दुई देशबीचको उच्चस्तरीय भ्रमण, नेपालमा मलेसियाली लगानी तथा यही चैत १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा मलेसियाली लगानीकर्ताको अधिक सहभागिताका निम्ति अनुरोध गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np