विराटनगर–ढाका हवाईसेवा सञ्चालन आवश्यक

प्रकाशित मिति: ४ चैत्र २०७५, सोमबार ११:१३   सम्पादक: admin

विराटनगर, ४ चैत (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बढीभन्दा बढी बङ्गलादेशी पर्यटक ल्याउनका लागि विराटनगर–ढाका हवाईसेवा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बङ्गालादेश दूतावास काठमाडौँ र युवा विकास केन्द्र इटहरीद्वारा संयुक्त रुपमा आयोजित “व्यापार र पर्यटन प्रवद्र्धनमा हिमालयदेखि समुद्रसतहसम्म” विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले नेपालको व्यापार घाटा कम गर्नका लागि भएपनि बङ्गलादेशी पर्यटक नेपाललाई आकर्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत मास्फे विन्ते शाम्सले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालले गरेको सहयोगको स्मरण गर्दै एक सय आठ नेपाली उत्पादनलाई बङ्गलादेशले भन्सार सुविधा दिएको बताउनुभयो । प्रदेशसभा सदस्य सूर्यमाराज राई, नवोदिताकुमारी चौधरी, लीलाबल्लभ अधिकारी, मोहन खड्का र उदिता परियारले समृद्ध मुलुकको निर्माणका लागि नेपालले बङ्गलादेशबाट धेरै कुरा सिक्नुपर्ने बताउँदै नेपालको व्यापार घाटा कम गर्न पर्यटन प्रवद्र्धन तथा चिया र अलैँची निर्यातलाई सहज बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा विगत दश वर्षमा बङ्गलादेशले गरेको आर्थिक उन्नति र पर्यटन प्रवद्र्धन विषयमा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

लहान, १२ वैशाख (रासस) : राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष श्यामल अधिकारी नेतृत्वको टोलीले आज सिरहाको.....

काठमाडौँ, १२ वैशाख (रासस) : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका.....

भ्लादिभोस्तक, १२ बैशाख (रासस-योनहाप) – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको.....

– विष्णु नेपाल काठमाडौँ, १२ वैशाख (रासस) : रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण.....

ललितपुर, १२ वैशाख (रासस) : नेपालका ५१ जिल्लामा भूकम्पीय आकस्मिक कक्ष स्थापना भएको छ । नेपाल विज्ञान तथा प्रविधि.....

वासिङ्टन, १२ बैशाख (रासस÷एएफपी) : अमेरिकाका पुर्व उपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np