छोरीले गरिन् आमाको किरिया

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार १२:५२   सम्पादक: admin

रोल्पा, ३ चैत (रासस) : छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् । ६४ वर्षको उमेरमा आमा दिलसरी घर्तीको मृत्यु भएपछि माडीगाउँपालिका–३ तालवाङकी २२ वर्षीया लक्ष्मी घर्ती मृतक आमाको किरियामा बसेकी छिन् । “आमालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरेजस्तो लागेको छ,” घर्तीले भन्नुभयो । परिवारमा दाजुभाइ नभएकाले पनि आमाको इच्छाअनुसार किरिया बसेकी घर्तीले बताउनुभयो । “परिवारमा बिरामी अवस्थामा वृद्ध बुबा मात्रै हुनुहुन्छ,” घर्तीले भन्नुभयो । हिन्दू संस्कारअनुसार आमाको काजक्रिया गर्ने समेत घर्तीले जानकारी दिनुभयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो,” समाजसेवी कृष्णबहादुर घर्तीमगले भन्नुभयो, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” 

घर्ती परिवार तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा २०६२ सालदेखि सदरमुकाम लिबाङ बस्दै आएको थियो । द्वन्द्वका कारण विद्यालय जान नपाएकी घर्तीले बिरामी बुबाआमाको उपचार तथा रेखदेख गर्दै आएकी थिइन् । आमाको शनिबार मृत्यु भएको हो । रोल्पामा छोराले मात्र मृतक बुबाआमाको दागबत्ती र किरिया बस्नुपर्छ भन्ने परम्पराको बिस्तारै अन्त्य हुँदै जान थालेको छ । जिल्लामा पछिल्लो पटक छोरीले पनि दागबत्ती र किरिया बस्न थालेपछि यो प्रथाको बिस्तारै अन्त्य हुन थालेको हो । विगतको समयमा छोरा नभएकाले पैसा दिएर वा नजीकैको नाता पर्ने कुनै छोरा मान्छेलाई किरिया बसाल्ने परम्परा रहँदै आएको थियो । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np