लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार १२:४१   सम्पादक: admin

काठमाडौँ, ३ चैत (रासस) : विभिन्न राजनीतिक दलका नेताले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी अवरुद्ध संसद् खुलाउन आग्रह गरेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आज संसद् अवरुद्ध गरेपछि नेपाली काङ्गे्रस र राजपाका नेताहरुले पत्रकारसँग कुरा गर्दै सरकारले जतिसक्दो चाँडो प्रतिवेदन सार्वजनिक गरी संसद् खुलाउनुपर्ने माग गर्नुभयो । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकार आफैँले बनाएको आयोगले तयार गरेर प्रतिवेदन बुझाइसकेको अवस्थामा त्यसलाई सार्वजनिक गर्नुको सट्टा मधेश आन्दोलनबारे जनतालाई अन्धकारमा राख्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । थरुहट तथा विभिन्न समयमा भएका मधेश आन्दोलनका क्रममा भएका ज्यादतीका विषयमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको संयोजकत्वमा २०७३ असोज २ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले आयोग गठन गरेको थियो । सो आयोगले २०७४ माघ २९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझाइसक्दासमेत सरकारले अझैसम्म सो प्रतिवेदनलाई सार्वजनिक नगरेको भन्दै राजपाका सांसदहरुले पटक–पटक संसद् अवरुद्ध गर्दै आएका छन् । आन्दोलनमा मारिने सबैलाई एउटै खालको मापदण्ड हुनुपर्ने नेता महतोको भनाइ छ । 

नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडले भन्नुभयो, “प्रतिवेदन सरकारले अविलम्ब सार्वजनिक गरिसक्नुपर्ने थियो, तर सरकारको चाहना संसद्को धेरै सामना गर्न नपरोस् र यस्तै अवरोध आइराखोस् भन्ने छ, नभए सदन खोल्नका लागि पनि र प्रतिवेदन सार्वजनिक गर्नका लागि पनि गम्भीर बन्नुपर्ने थियो ।” नेपाल कम्युनिट पार्टी (नेकपा) का नेता देव गुरुङले राजपाले राखेका मागप्रति सरकारले गम्भीरतापूर्वक सोचिरहेको बताउनुभयो । सांसद मीन विश्वकर्माले संविधान निर्माण प्रक्रियादेखि नै असन्तुष्ट व्यक्त गर्दै आएको मधेशी समुदायले उठाएका मागप्रति सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो । राजपा अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले सरकारले प्रतिवेदन सार्वजनिक नगर्दै आफ्ना नेता तथा कार्यकर्तालाई अनावश्यक मुद्दा लगाइएको भन्दै आपत्ति जनाउनुभयो । अवरोधपछि स्थगित भएको अर्को बैठक सोमबार २ बजे बस्ने गरी सूचना टास गरी स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने.....

–राजकुमार पराजुली मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता.....

सिन्धुली, ७ जेठ (रासस) : नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले.....

इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना.....

पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ ।.....

जुम्लाका अधिकांश युवाले अटो चलाएर रोजगारी गरिरहेका छन् । रु पाँच लाखदेखि रु सात लाखको लागतमा अटो खरिद गरेर एक.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np