गाई काटेको आरोपमा पक्राउ

प्रकाशित मिति: ३ चैत्र २०७५, आईतवार १२:२६   सम्पादक: admin

चितवन, ३ चैत (रासस) : गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने भनेर छिमेकीसँग शनिबार किनेको गाई काटेको अभियोग छ । उनीहरुका साथबाट प्रहरीले मासुसमेत बरामद गरेको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । धर्म निरपेक्ष मुलुक भए पनि नेपालमा गाई काट्नु र मासुको बेचबिखन गर्नुलाई अवैध मानिन्छ । गाई राष्ट्रिय जनावर हो । शाहका अनुसार मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न मार्न नपाइने उल्लेख छ । यसको बर्खिलाप गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

खाँदबारी, १२ चैत (रासस) : झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका.....

– रवीन्द्र काफ्ले फिदिम, १२ चैत (रासस) : पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको.....

भक्तपुर, १२ चैत (रासस) : मध्यपुरथिमि नगरपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय, लायकूको निर्माणाधीन नयाँ भवनको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np