बन्दको आंशिक प्रभाव

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ११:५४   सम्पादक: admin

काठमाडौँ, ३० फागुन (रासस) : सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक प्रभाव परेको छ । काठमाडौँ उपत्यकाबाहेक बाहिरका जिल्लामा सवारी सञ्चालनमा कमी आए पनि उपत्यकामा भने सवारीसाधन निर्वाधरुपमा चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपरासी र मकवानपुरमा ट्रकमा तोडफोड भएको छ । नवलपरासी, रौतहट, सिन्धुपाल्चोक र कास्कीमा शङ्कास्पद वस्तु फेला परे पनि अप्रिय घटना भएको छैन । उहाँले देशभर नै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिँदै निर्वाधरुपमा सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो । राजमार्गमा स्कटिङ गरेर सवारी चलाइएको र तराईका केही ठूला शहरमा आंशिक प्रभाव देखिएको र उपत्यकामा गाडी चलिरहेको सुवेदीले बताउनुभयो । यद्यपि बाहिरी जिल्लाबाट गाडी नआउँदा उपत्यकामा समेत सवारीको चाप कम देखिएको छ । केही जिल्लामा भने बढी प्रभाव परेको छ । सार्वजनिक सवारी कमैमात्र चलेका छन् । ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख शैलेश थापा क्षेत्रीले उपत्यकाको तीनै जिल्लामा अहिलेसम्म शान्ति सुरक्षामा कुनै असर नपरेको बताउनुभयो । “उपत्यका शान्त छ, अहिलेसम्म तीनै जिल्लामा कुनै घटना भएको छैन, निर्वाधरुपमा सवारी चलेका छन्, जिल्लाबाटै लामो दूरीका गाडी नआएकाले भित्रिने र बाहिरिने सङ्ख्या कम छ”, क्षेत्रीले भन्नुभयो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौँको सवारीसाधन आवागनमा कुनै समस्या नरहेको तर त्रासका कारण स्कूल, क्याम्पस भने प्रभावित भएको जानकारी दिनुभयो । बुधबार राति अनामनगरमा भेटिएको शङ्कास्पद वस्तु नक्कली बम रहेको भन्दै तर्साउनका लागि राखिएको उल्लेख गर्नुभयो । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np