उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ११:३४   सम्पादक: admin

हुम्ला, ३० फागुन (रासस) : तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताउनुभयो । हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र वाहिर निस्किए पनि उहाँले शिशु जन्माउन सकिएन । आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुरयाएका थिए । तर ढिलो भइसकेका कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताउनुभयो । हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण बस्तीका गर्भवतीले बच्चा जन्माउन नसक्दा आमा र शिशुको मृत्युदर यहाँ बढ्दो छ । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np