पाँच लाखमाथिको कारोवारमा मात्रै प्यान : धितोपत्र बोर्ड

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ११:१६   सम्पादक: admin

काठमाडौँ, ३० फागुन (रासस) : शेयर बजारमा लामो समयदेखि विवादको विषय रहँदै आएको स्थायी लेखा नम्बर(प्यान)को समस्या समाधान भएको छ । नेपाल धितोपत्र बोर्डले रु पाँच लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ । आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई बोर्डले अनिवार्य प्यान लागू गर्ने भएको छ । लगानीकर्ता तथा सरोकार भएका निकायसँग गरिएको छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षका आधारमा रु पाँच लाखभन्दा कम लगानी भएका वा साना लगानीकर्तालाई हाल ऐच्छिक रुपमा मात्रै प्यान लगाउने निर्णय बोर्डले गरेको छ । अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयअनुसार ठूला लगानीकर्तालाई मात्रै प्यान अनिवार्य गरिएको र साना लगानीकर्तालाई ऐच्छिक रुपमा मात्रै लगाइने व्यवस्था गरिएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । बोर्डले गरेको यस्तो व्यवस्थाले दोस्रो बजारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहजरुपमा अगाडि बढ्ने अपेक्षा राखेको छ । लगानीकर्ताले प्यान नम्बर अनिवार्य गरिन लागेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np