अफगानिस्तानको युद्ध अन्त्य गर्न अमेरिकी सांसदहरुको दवाव

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ०९:५३   सम्पादक: admin

वासिङ्टन, ३० फागुन (रासस/सिन्ह्वा) – अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् । अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा लामो अवधिसम्म चलेको मनिने अफगानिस्तान युद्ध झण्डै १८ वर्षदेखि जारी छ । “अफगानिस्तानमा भइरहेको युद्ध चाँडै नै अन्त्य गरिनु पर्दछ । लडाइँ शुरु हुँदाताका जन्मिएका अमेरिकी बालबच्चा अहिले त्यही लडाइँमा होमिन योग्य हुन थालिसके,” एक जना रिपब्लिकन सांसद रान्ड पल र डेमोक्र्याटिक सांसद टोम उडालले अमेरिकी सञ्चार माध्यम दी एट्लान्टिकमा लेख्नुभएको छ । उहाँहरुले लेख्नुभएको छ, “हामीले अमेरिकी जनताको आवाजलाई ध्यानपूर्वक सुन्नु पर्दछ । अमेरिकी जनता मध्यपूर्वमा जारी कहिल्यै नटुङ्गिने युद्धको पूरै विपक्षमा छन् ।” उहाँहरुले भन्नुभएको छ, अमेरिकी सेनाको निरन्तरको उपस्थितिले पनि अफगानी जनता र त्यहाँको केन्द्रीय सरकारलाई कुनै पनि हालतमा सक्षम तुल्याउन सक्दैन । दुबै सांसदले गत साता एक वर्षभित्र अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता गर्नेगरी अमेरिकी रक्षा मन्त्रालय समक्ष एउटा योजना तयार गर्न आग्रह गर्नुभएको थियो । 

मङ्गलबार कतारको राजधानी दोहामा जारी अमेरिका र अफगानिस्तनमा युद्धरत तालिबान पक्षबीचको वार्ता सकिएको छ । अमेरिकी विदेश मन्त्रालयले उक्त वार्तामा “अर्थपूर्ण प्रगति” भएको जनाएको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेयता झण्डै दुई हजार ४०० अमेरिकी सेना मारिएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसंघको मिसनको कार्यालयले पनि गत बर्ष सन् २०१८ मा दश हजार ९९३ जना मारिएको जनाएको छ । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np