शैक्षिक अवस्थामा सुधार

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ०६:०१   सम्पादक: admin

जाजरकोट, ३० फागुन (रासस) : विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ विद्यालयका भवन निर्माण गरेको हो । विद्यालय भवन नहुँदा आकाशमा बादल देखिनासाथ विद्यालय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो पहिलो चरणमा जीर्ण विद्यालय निर्माणकार्य अगाडि बढाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा नै जिन्दगीको पहिलो आधार भएकाले, हाम्रो पहिलो काम विद्यालय निर्माण गरी यहाँका हजारौँ बालबालिका बस्ने ठाउँको आधार तयार गरिएको छ ।” धुलो र खुला चौरमा बसेर शिक्षा आर्जन गर्दै आएका दुर्गम गाउँका विद्यार्थी विद्यालय भवन निर्माण भएसँगै कक्षाकोठामा खुशीका साथ बस्ने गरेको शिक्षक नीमबहादुर ओलीले बताउनुभयो । गाउँपालिकाभित्रका अन्य विद्यालयका भवनसमेत क्रमागत रूपमा समस्याका आधारमा क्रम निर्धारण गरी निर्माण हुँदै जाने गाउँपालिकाले जनाएको छ । कुशेगाउँपालिका–२ देखि ९ सम्मका अतिसमस्याग्रस्त विद्यालय पहिलो चरणमा निर्माण गरिएको छ । 

वडा नं १ का विद्यालय भने निर्माण नहुँदा वडाध्यक्ष गोपाल नेपाली रुष्ट भएका छन् । प्रावि, निमावी र मावि तहका विद्यालयलाई समस्या र विद्यार्थीको चापको आधारमा निर्माण गरिएको लेखापाल छवि खनालले बताउनुभयो । विद्यालय भवन निर्माण भएपछि निकै खुसी भएको वीरेन्द्र प्रावि बरखालका विद्यार्थीले बताएका छन् । कक्षाकोठा नहुँदा भुइँमा बस्नुपर्ने समस्या हल भएको भन्दै निकै खुशी भएको पुतली प्रावि छहरागाउँका छात्र महेश थापाले बताए । त्यस्तै सधैँ आकाशमा बादल देखिनासाथ झोला बोकेर घर जानुपर्ने र पढाइ नहुँदा तनाव हुने समस्या हल भएको सरस्वती निमावि डाँडाभौता, अर्छानीका छात्रा नवीना शर्माले जानकारी दिइन् । दरबन्दीअनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित भएका विद्यालयमा ८१ अनुदानमा नयाँ शिक्षक नियुक्ति गरी पढाइ शुरु गर्दा केही समस्या हल गरेको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता.....

गलकोट, १० चैत (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल.....

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध.....

मस्को, ११ चैत (रासस/एएफपी) – सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि.....

जियाङ्सु, ११ चैत (रासस/सिन्ह्वा) – पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np