रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार ०५:३०   सम्पादक: admin

– सुशीला रेग्मी बेझाड, ३० फागुन (रासस) : रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ दिनहुँ सयौँभन्दा बढी आन्तरिक पर्यटक गुराँस फुलेको हेर्न जाने र रमाउनेको जमात बढ्दो छ । समुद्री सतहदेखि दुई हजार ३४७ मिटर उचाइ र तीन हजार ४०० हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वनैभरि गुराँस फूलले ढाकिएको छ । फागुन÷चैत महीनामा गुराँस फुल्न थालेपछि चहलपहल बढी हुने गरेको रेसुङ्गा वन संरक्षण समितिका सचिव मोतीप्रसाद खनाल बताउनुहुन्छ । “गुराँस फुलेको हेर्नकै निम्ति विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक भित्रिने गरेका छन्, गुराँस फूलले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याइरहेको छ”, उहाँले भन्नुभयो । 

तम्घास बजारदेखि गाडीमा करीब आधा घण्टाको दूरीमा रेसुङ्गा वनमा पुगिन्छ भने पैदल हिँड्दा दुईदेखि तीन घण्टा समय लाग्छ । कोही गाडीमा, कोही पैदल हिँडेर रेसुङ्गा वनमा पुगेर राताम्य फुलेका गुराँसका बोटमा चढेर फूलसँग रमाउने र फोटो खिचाउने गरेको देखिन्छ । नेपालको राष्ट्रिय फूल गुराँस फुलेको दृश्यले मनका पीडा वेदना सबै हटाएको पाल्पाली सञ्चारकर्मी सुवास बिसीले बताउनुभयो । हरेक वर्ष गुराँस फुल्ने समयमा यस वनमा आएर फूलसँग रमाउने र आनन्द लिने गरेको उहाँले बताउनुभयो । “गुराँस फूलले वनैभरि ढाकेको देख्दा नआऊँ भने पनि मनले पटक्कै मान्दैन, हरेक वर्ष गुराँस फूल फुलेकै हेर्न मात्र भए पनि रेसुङ्गा वनमा आइरहेको हुन्छु” उहाँले भन्नुभयो । अहिले सडक स्तरोन्नति भएपछि पनि विभिन्न ठाउँबाट गुराँस फुलेको अवलोकन भ्रमण गर्न आउनेको आकर्षण बढ्दै गएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीका पूर्वकार्यकारी निर्देशक नरेश भण्डारी बताउनुहुन्छ । पौराणिक तथा धार्मिक महत्वसँग जोडिएको रेसुङ्गा वन लालीगुराँसका कारण पनि निकै प्रख्यात भएको छ । केही व्यक्तिले अवलोकन गर्न जाने निहुँमा फुलका हाँगा भाँच्ने र जथाभावीरूपमा फूल टिप्ने गर्दा सौैन्दर्यलाई बिगार्ने गरेको पाइएको छ । 

ठूलो क्षेत्रफलमा फैलिएकाले पनि यसको नियमित निगरानी गर्न समितिलाई कठिन परेको छ । यो फूलले सुन्दरता र सुगन्ध दिने मात्र नभई विभिन्न प्रकारका रोगलाई ठिक पार्ने भएको हुँदा पनि फूल टिपेर घरघरमा लगेर सजाएर राख्ने गरेको पाइन्छ । यस वनमा गुराँस फूलसँगै पाँचऔले, पाखनवेदजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छ । रेसुङ्गा वनले साविक ११ गाउँ विकास समितिलाई जोडेको छ । हालको रेसुङ्गा र मुसिकोट नगरपालिका, छत्रकोट, गुल्मी दरबार गाउँपालिकाको पानीको मूलस्रोत यही रेसुङ्गा वन रहेको छ । भकारी नबुनेसम्म पुग्दैन खान साझ र बिहान रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँभm र बिहान हातमुख जोर्ने अर्को उपाय छैन । उमेर ढल्किँदै गयो तर जोश जाँगर युवावस्थाकै जस्तै नगरिकन साँझ बिहान उहाँको घरको चुल्होमा आगो बल्दैन । बुढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उहाँ बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य हुनुुहुन्छ । विकले दुईदेखि तीन दिनको समय लगाएर एउटा भकारी सिध्याउने गर्नुहुन्छ । एक भकारीको मूल्य आकारअनुसार रु दुई हजारदेखि पाँच हजारसम्म पर्छ । यही भकारी बिक्रीबाट उहाँको घरमा चुल्होमा आगो बल्छ । गाउँघरमा धान राख्न प्रयोग हुने भकारी कृषकले खोजीखोजी खरीद गर्ने हँुदा बिक्री गर्न खासै समस्या नभएको उहाँ बताउनुहुन्छ । “सधैँ गाउँघर छिमेकमा सबै भकारी खपत हुँदैन, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुगेर बिक्री गर्ने गरिरहेको छु”, विकले भन्नुभयो । 

उहाँले पाल्पाका विभिन्न गाउँपालिका तथा नगरपालिका, स्याङ्जा, तनहुँलगायतका जिल्लामा भकारी बोकेर बिक्रीका लागि घरघरमा पुग्नुहुन्छ । भकारीबाट राम्रो कमाइ हुने भएपछि विकले अरु सामग्रीलाई भन्दा भकारी निर्माणलाई जोड दिनुभएको छ । “एउटा भकारीबाट रु पाँच हजारसम्म कमाउन सकिन्छ, अरु सानासाना सामग्रीको तुलनामा यसबाट प्रशस्त कमाउन सकिने हुँदा भकारी बनाउन भ्याइनभ्याइ हुन्छ”, उहाँले भन्नुभयो । विकले १३ वर्षको उमेरदेखि नै डोको, भकारी, डालालगायतका सामग्री बनाउँदै आउनुभएको हो । घरमै बसीबसी बाउबाजेबाट सीप सिक्नु भएका विकले उमेर ढल्कँदै जाँदा पनि निरन्तरता दिइरहनुभएको छ । उहाँले गाउँघरमा बाँस खरीद गरेर ग्राहकको मागअनुसार विभिन्न खालका सामग्री बनाउनुहुन्छ । यो उमेरसम्म आइपुग्दा पनि आफैँ बाँसको चोया काढेर विभिन्न सामग्री बनाउनुहुन्छ । यस व्यवसायबाट जीवन धान्न सजिलो भएको उहाँ बताउनुहुन्छ । आफूले सक्दासम्म यो व्यवसायलाई निरन्तरता दिने उहाँको अठोट छ । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np