शेयर बजार दोहोरो अङ्कले घट्यो

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ११:४३   सम्पादक: admin

काठमाडौँ, २९ फागुन (रासस) : धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार आज रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये वित्त २ दशमलव ७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ । बैंकिङ १० दशमलव ५८, होटल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलव ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बीमा ८९ दशमलव ०५, उत्पादन ३८ दशमलव ८१, अन्य दुई दशमलव ३९, लघुवित्त २१ दशमलव ६१ र जीवन बीमा ७३ दशमलव ५१ विन्दुले घटेको छ । 

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड नौ दशमलव ४६, आशा लघुवित्त वित्तीय संस्था आठ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन् । त्यस्तै हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलव ८७, अरुण कावेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेशनल हाइड्रोपावरका शेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन् । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np