सडकले जोड्दै पर्यटकीयस्थल

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ०९:१६   सम्पादक: admin

बागलुङ, २९ फागुन (रासस) : पर्यटकसँगै सर्वसाधारणको आउजाउ सहज बनाउन धम्जादेखि म्याग्दीको भकिम्ली जोड्ने सडक निर्माणको काम शुरु भएको छ । सडकले दुई जिल्लाको सीमामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रमलाई समेत एकआपसमा जोड्नेछ । सडक नहुँदा पर्यटक तथा छिमेकी गाउँका बासिन्दा हिँडेरै ओहोरदोहोर गर्न बाध्य थिए । काठेखोला गाउँपालिका–३ धम्जाको ओखले र बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमसम्म भने यसअघि नै सडक पुगेको छ । बीचको करीब ६ किमि दूरीमा यसै आर्थिक वर्षभित्र मार्ग खोल्ने योजना छ । काठेखोला गाउँपालिकाको गौरवको योजनामा परेको उक्त सडकमा यो वर्ष रु २० लाख बजेट छ । ओखलेदेखि अघि दुई किमिमा मार्ग खुलिसकेको सडक निर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष प्रेम श्रीसका अनुसार म्याग्दी, भकिम्लीतर्फबाट पनि मार्ग खोल्ने काम शुरु भएको छ । “दुवै तर्फबाट डोजर लगाएर काम भइरहेको छ”, अध्यक्ष श्रीसले भन्नुभयो, “बजेट अपुग नभएमा एक महीनाभित्रै मार्ग खोल्ने काम सकिन्छ ।” स्वर्गाश्रमबाट तीन किमि र ओखलेदेखि तीन किमि मार्ग खुलेमा सीमास्थल देउरालीमा सडक जोडिनेछ । बेनीबाट स्वर्गाश्रम क्षेत्रको विकासका लागि छुट्टिएको रु सात लाख बजेट सोही सडकमा खर्च गरिने भएको छ । 

“दुवै जिल्लाको लागि यो सडक महत्वपूर्ण छ”, भकिम्लीका वडाध्यक्ष पदम पुनले भन्नुभयो, “बेलढुङ्गा र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ ।” सडकले दुवै जिल्लाबीचको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध र गतिविधिमा समेत सहजता थपिने विश्वास गरिएको छ । धम्जा र भकिम्लीबीच पुस्तौँदेखिको छिमेकी साइनो कायम छ । बिहेबारीदेखि दुवै गाउँबीच संस्कृति, वस्तु तथा उत्पादनको समेत आदानप्रदान हुँदै आएको छ । पहिलापहिले पश्चिम बागलुङदेखि म्याग्दी हुँदै मुस्ताङ जाने पैदल मार्ग पनि यही ठाउँमा थियो । पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा म्याग्दी सदरमुकाम बेनी बजारदेखि १८ किमि र बागलुङ सदरमुकामदेखि ३५ किमिको दूरीमा अवस्थित छ । समुन्द्री सतहदेखि दुई हजार ७०० मिटरको उचाइमा रहेको बेलढुङ्गा प्राकृतिक दृश्यावलोकन स्तम्भ (भ्यू टावर) का रुपमा समेत परिचित छ । बेलढुङ्गाबाट दर्जनौँ हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मीका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ । प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमल्य जडिबुटी पाइनुका साथै जङ्गली जनावरको बासस्थान छ । 

बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । प्राकृतिक हिसाबले सौन्दर्यपूर्ण स्वर्गाश्रम तपस्यास्थलका रुपमा चिनिन्छ । बेलढुङ्गा, स्वर्गाश्रमसँगै आसपासका गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन सडक सञ्जालले टेवा पु¥याउने धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले बताउनुभयो । उहाँले सडकसँगै पदमार्ग र अन्य पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुभयो । हालैमात्र बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np