प्रसूति शल्यक्रिया सेवा पुन सञ्चालनमा

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ०८:०९   सम्पादक: admin

रामेछाप, २९ फागुन (रासस) : रामेछापको मन्थलीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्ष अगाडिदेखि बन्द भएको २४ घण्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा मङ्गलबार शुरु भएको छ । स्वास्थ्य संस्था स्थानीय तहमार्फत सञ्चालन गर्ने भन्ने निर्णय अन्योल हुँदा रामेछापमा शल्यक्रियामार्फत सुरक्षित सुत्केरी गराउने सेवा ठप्प भएको थियो । नीतिगत अन्योलसँगै पैसा तथा जनशक्ति समेतको अभावका कारण ०७४ सालको चैत महीनाबाट सेवा ठप्प भएको भए पनि अहिले स्थानीयतहले नै जिम्मेवारी लिने गरी नीतिगत समस्या टुङ्गिएसँगै आवश्यक बजेटको व्यवस्था भएको र शल्यक्रियाका लागि चाहिने चिकित्सक, एनेस्थेसिया असिस्टेन्ट, नर्स तथा अन्य स्वास्थ्यकर्मीसमेतको नियुक्ति भइसकेकाले सेवा शुरु गरिएको मन्थली नगरपालिकका नगर प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । शल्यक्रिया सेवा सञ्चालनका लागि आवश्यक सबै सहयोग नगरपालिकाले उपलब्ध गराउने भएकाले मङ्गलबारदेखि नै सेवा सञ्चालन भएको प्रमुख बस्नेतले बताउनुभयो । यसका लागि शल्यक्रिया गर्ने चिकित्सक, आवश्यक औषधि, एनेस्थेसिया असिस्टेन्टलगायतको स्वास्थ्यकर्मीको टोली प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगेको केन्द्रले जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालय या नगरपालिका कुन निकायमार्फत सेवा सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालय र विभागका पदाधिकारी टुङ्गोमा पुग्न ढिलाइ हँुदा रामेछापमा सुत्केरी हुन नसकेका महिलाको ज्यान बचाउन कठिनाइ भएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा २४ सै घण्टा दक्ष जनशक्ति राखेर जटिल प्रकारका गर्भवती महिलाको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा २०७३ बैशाखदेखि सञ्चालनमा थियो । गएको असार मसान्तसम्म मन्थलीमै १३६ को शल्यक्रियामार्फत सुत्केरी गराइएको तथ्याङ्क केन्द्रसँग रहेको छ । उक्त अवधिमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्ने महिला मासिकरूपमा १८ देखि २० जनासम्म आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत भरतकुमार श्रेष्ठले जानकारी दिनुभयो । सेवा बन्दसँगै रामेछाप जिल्लाका अतिरिक्त छिमेकी जिल्लाका गर्भवती महिलाले समस्या भोग्दै आउनुपरेको थियो । सेवा बन्द हुँदा सुत्केरी हुन नसकेर शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीले धेरै समस्या झेल्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका अधिकृत श्रेष्ठले बताउनुभयो । मन्थलीमा पुगेपछि निःशुल्क शल्यक्रियामार्फत् सुरक्षित सुत्केरी गराइन्छ भन्ने सन्देश गाउँगाउँमा पुगेकाले गर्भवती महिलाहरू स्वास्थ्यचौकीबाट सिफारिस गरेर आउने गरेका थिए । सेवा शुरु भएसँगै अकालमा ज्यान जानेलाई बचाउन सक्ने अवस्था भएको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा सुमन कर्माचार्यले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता.....

गलकोट, १० चैत (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल.....

टिब्लिसी, ११ चैत (रासस/एएफपी) – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोल्टेन्बर्गले रुसले विरोध.....

मस्को, ११ चैत (रासस/एएफपी) – सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि.....

जियाङ्सु, ११ चैत (रासस/सिन्ह्वा) – पूर्वी चीनको जियाङसु प्रान्तमा रहेको एक रसायन कारखानामा विस्फोट हुँदा मृत्यु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np