तोरी क्षेत्रमा ८२५ किसान आबद्ध

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ०७:५९   सम्पादक: admin

लमही, २९ फागुन (रासस) : दाङको ‘तोरी जोन’ मा ८२५ किसान आबद्ध भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन)का प्रमुख इन्द्र वलीका अनुसार पश्चिम दाङको बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका वडा नं १ र २ का ८२५ किसान आबद्ध भएको बताउनुभयो । पश्चिम दाङको पाँच हजार क्षेत्रफललाई चालू आर्थिक वर्षदेखि तोरी जोन बनाइएकाले उक्त क्षेत्रमा १८ सहकारीका किसान आबद्ध रहेको जानकारी दिनुभयो । पश्चिम दाङ तोरी उत्पादनका लागि हावापानी तथा माटो राम्रो भएकाले तोरी जोन बनाइएको उक्त क्षेत्रमा हाल ५० भकारो निर्माण प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो । तोरी जोन क्षेत्रमा सिँचाइका लागि अहिले १५ साना सिँचाइका आयोजना निर्माणकार्य जारी रहेको समेत उहाँले जानकारी दिनुभयो । करीब रु २२ लाख ५० हजार लगानीमा निर्माण हुनलागेका सिँचाइ आयोजनाले करीब ३०० हेक्टर क्षेत्रफलमा सिँचित गर्ने उहाँको भनाइ छ । 

उहाँका अनुसार तोरी जोन क्षेत्रमा अहिले करीब ५० प्रतिशत मात्रै सिँचाइ सुविधा रहेको समेत बताउनुभयो । अहिले त्यस क्षेत्रमा प्रतिहेक्टर ०.१ मेट्रिकटन मात्रै तोरी उत्पादन भइरहेकाले त्यसलाई बढाएर प्रतिहेक्टर १ मेट्रिकटन पुरयाउने लक्ष्य रहेको वलीले बताउनुभयो । साथै त्यस क्षेत्रका १८ सहकारीका २८१ किसानलाई तोरी उत्पादन वृद्धिका लागि तालीम पनि दिइएको प्रमुख वलीको भनाइ छ । तोरी जोन क्षेत्रका किसानलाई अनुदानका लागि परियोजनाले रु ५३ लाख बजेट छुट्याएको थियो । तोरी जोनका लागि ११ कर्मचारीसमेत खटाइएको छ । जसमा उपसचिव, अधिकृत, प्राविधिक, लेखा, प्रशासन, कार्यालय सहयोगी खटाएको उहाँले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np