आधुनिक प्रविधिको कृषिमा जोड

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार ०६:१९   सम्पादक: admin

विराटनगर, २९ फागुन (रासस) : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । मन्त्री घिमिरेले कृषि, पर्यटन, जलविद्युत र उद्योगका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न अल्प, मध्य र दीर्घकालीन सोचले कार्य गरेमा मुलुकको समृद्धि कायम हुनेछ भन्नुभयो । प्रदेश सचिव केदार न्यौपानेले विश्वविद्यालय र विद्यालयले दिने शिक्षा सीपमूलक भएमा मात्र त्यो सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । कार्यदलका संयोजक डा रुद्र सुवालले अहिले मुलुकमा भएका र आगामी २५ वर्षसम्म के–कस्तो जनशक्ति मुलुकलाई आवश्यक छ त्यस सम्बन्धमा आवश्यक सुझाव सङ्कलन गरी प्रतिवेदन तयार गर्न स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेश योजना आयोगका सदस्य पूर्ण लक्षमले कृषि, उद्योग, सेवा र राष्ट्रको आवश्यक्ताको आधारमा जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो । एकदिने अन्तरक्रिया कार्यक्रममा प्रदेश स्थानीय निकायका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्मचारीको सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np