शेयर बजार : दोहोरो अङ्कको वृद्धि

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलवार १२:१७   सम्पादक: admin

काठमाडौँ, २८ फागुन (रासस) : शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.३३ अङ्कले वृद्धि भई एक हजार १६३.२६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२१ विन्दुले बढेर २४७.४७ विन्दुमा पुगेको छ । कारोवार रकममा पनि आज उल्लेख्य मात्रामा वृद्धि भएको छ । कूल १७६ कम्पनीको १९ लाख ५४ हजार ५६ कित्ता शेयर रु ५२ करोड ७७ लाख ३५ हजार ५५८ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर वृद्धि भएको छ । बैंकिङ २२.२८, व्यापार ५.३२, होटल २२.९४, विकास बैंक १८.७६, जलविद्युत् ३२.१२, वित्त ५.२१, निर्जीवन बीमा २९.९२, उत्पादन ३२.२९, अन्य ७.६८, लघुवित्त ९.९३ र जीवन बीमा ७७.१७ विन्दुले बढेको छ । कारोवारका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १५ लाख ५७ हजार १५९, एनसिसी बैंक रु तीन करोड ११ लाख नौ हजार ४७६, प्रभु बैंक रु दुई करोड ८३ लाख ९६ हजार २०५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु दुई करोड ३४ लाख ४२ हजार १५२, नेपाल लाइफ इस्योरेन्स कम्पनी रु दुई करोड आठ लाख ९५ हजार ६२ को कारोवार भएको छ । 

स्टकका अनुसार सिनर्जी पावर डेभलपमेन्टका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । यस्तै सपोर्ट लघुवित्त वित्तीय संस्था ९.८७, हिमालयन पावर पार्टनर ९.५५, कालिका पावर कम्पनी ८.७९, सानिमा इक्विटी फण्ड ७.४६, नेशनल हाइड्रो पावर कम्पनी ७.२५, अरुण काबेली पावरका शेयरधनीले ६.६३ प्रतिशतले कमाएका छन् । यस्तै, सिपटजन म्यूचल फण्ड १.९२, सगरमाथा इस्योरेन्स कम्पनी १.५०, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था १.३०, आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले १.२३ गुमाएका छन् । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १२ चैत (रासस) : सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np