दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोग बारे सम्झौता

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार १२:२९   सम्पादक: admin

बन्दरसेरी बेगवान, २७ फागुन (रासस/योनहाप) – दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ । ब्रुनाईको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाईका सुल्तान हसनाल बोल्कियाले विगत ३५ वर्षमा दुबै देशबीच पूर्वाधार र ऊर्जा क्षेत्रमा भएको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको मूनको राष्ट्रपतीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “हाम्रा दुई मुलुकबीच धेरै वटा क्षेत्रमा मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध विकास भएको छ । कूटनीतिक सम्बन्ध गाँसिएको ३५ वर्षका अवधिमा दुबै मुलुकबीच पूर्वाधार, ऊर्जा र जनस्तरको सम्बन्ध विकास भएको छ,” राष्ट्रपति मूनले भन्नुभयो । राष्ट्रपति मून तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार ब्रुनाई आउनुभएको हो । विगत १९ वर्षमा पहिलो पटक राष्ट्रपति मून ब्रुनाई भ्रमणमा हुनुहुन्छ । सुल्तान बोलकियाले पनि दुबै मुलुकबीचको सहयोगात्मक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । कोरिया र ब्रुनाई दुबै दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन (आसियान) का सदस्य राष्ट्र हुन् । राष्ट्रपति मूनले यसै वर्षको अन्त्यतिर दक्षिण कोरिया–आसियान शिखर बैठक आयोजना गर्दै हुनुहुन्छ । 

दक्षिण कोरियाले ब्रुनाईबाट वार्षिक करिब १० लाख टन एलएनजी (लिक्वीफाइड न्याचुरल ग्यास) आयात गर्दछ । यो कोरियाको कूल आयातको करिब ४.३ प्रतिशत हो । दक्षिण कोरिया र आसियानबीचको द्विपक्षीय व्यापार गत वर्ष एक खर्ब ६० अर्ब डलर पुगेको थियो । कोरियाले व्यापारलाई सन् २०२० सम्ममा दुई खर्ब डलर पु¥याउने लक्ष्य लिएर नयाँ दक्षिणी नीति अघि सारेको छ । त्यस अवसरमा, राष्ट्रपति मूनले आणविक अस्त्र रहीत शान्तिपूर्ण कोरियाली प्रायःद्वीप बनाउन ब्रुनाई सहित आसियान मुलुकहरुको सहयोगको अपेक्षा पनि गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

गाजा सिटी, १२ चैत (रासस/एएफपी) – इजरायलले गाजा क्षेत्रमा हवाई आक्रमण गरेलगत्तै हमास समूहले इजरायल समक्ष.....

काठमाडौँ, १२ चैत (रासस) : सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np