दोहोरो अङ्कले बढ्यो शेयर बजार

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार १२:०१   सम्पादक: admin

काठमाडौँ, २७ फागुन (रासस) : आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ । कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल ११उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो । यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक रु दुई करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड रु दुई करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ७१ लाख ५९ हजार ९५५खरीद बिक्री भई अग्रस्थानमा रहे । स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीकाशेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन् । 

तपाईको प्रतिक्रिया

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले यही जेठ महिनाभित्रै पार्टीका सबै एकीकरण सकिने.....

–राजकुमार पराजुली मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा पारिवारिक संलग्नता.....

सिन्धुली, ७ जेठ (रासस) : नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले.....

इरानका राष्ट्रपति हसन रौहानी वर्तमान् राजनीतिक अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता हुनसक्ने सम्भावना.....

पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ ।.....

जुम्लाका अधिकांश युवाले अटो चलाएर रोजगारी गरिरहेका छन् । रु पाँच लाखदेखि रु सात लाखको लागतमा अटो खरिद गरेर एक.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np