बालविवाहमा अझै आएन कमी

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार ०६:०२   सम्पादक: admin

काठमाडौँ, २४ फागुन (रासस) : सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको देखिन्छ । प्रकाशमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना (१० जोडी) ले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको विवाह अनमेल(धेरै उमेर अन्तर)सँग भएको र ३४ जना बालिकाको वयस्क पुरुषसँग भएको उल्लेख छ । बालविवाह भएका ५६ जनामध्ये अभिभावकद्वारा २६ जना, आफूखुशी वा भागी विवाह १०, सामाजिक सञ्जाल र फेसबुकमार्फत उमेर नपुग्दै २० जनाको बालविवाह हुने गरेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिनुभयो । 

बालविवाहलाई लैङ्गिकरुपमा विश्लेषण गर्दा बालक १० जना र बालिका ४६ जना रहेका छन् । जिल्लागतरुपमा हेर्दा कालीकोट जिल्लामा सबैभन्दा बढी २६ जना बालबालिकाको बालविवाह भएको घटना प्रकाशमा आएको छ । बालविवाह गरेका अधिकांश जोडीलाई नेपाल प्रहरीले सम्झाइबुझाइ गरी उनीहरुको शैक्षिक निरन्तरताका लागि अभिभावकलाई सल्लाह तथा सुझाव दिएको छ । यस अवधिमा भएका ४६ वटा बालविवाहमध्ये १० वटा नेपाल प्रहरीबाट र चार वटा बालक्लबबाट गरी जम्मा १४ वटा बालविवाह रद्द भएका छन् । नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रम स्वयं बालबालिकाबाटै हुने गरेको पाइएको छ । 

तपाईको प्रतिक्रिया

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी.....

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले तीन वटै तहका सरकारबीच समन्वय कायम हुनसके मात्र.....

नेपाल स्काउटको आयोजनामा नेपालमा पहिलोपटक १६ वर्षदेखि २६ वर्षसम्मका स्काउटमा लागेका युवाको भेला ‘रोभर मुट’.....

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई.....

काबुल, १० जेठ (रासस÷एएफपी) – राष्ट्रसंघले अफगानिस्तानमा गरिएका पछिल्ला हवाई आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np