प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार १०:२८   सम्पादक: admin

दमौली, ५ फागुन (रासस) : कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) कास्की शाखाको आयोजनामा फागुन १८ गतेदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला हुने भएको छ । सूचना प्रविधिको विकास एवं प्रवद्र्धन गर्दै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधि बारे जानकारी दिने उद्देश्यले कास्की शाखाको आयोजनामा इन्फोटेक मेलाको दशौं संस्करण हुन लागेको शाखाका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो । आज दमौलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले इन्फोटेक मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विज कन्टेष्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएको उत्पादनको प्रदर्शनी तथा नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने बताउनुभयो । पौडेलका अनुसार एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा सूचना र प्रविधिमा चासो राख्ने युवाहरुको बढी सहभागिता रहने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “एउटै छानामुनि प्रविधिसँग सम्बन्धित उपकरण प्रदर्शनी गरिने भएकोले दर्शकको उल्लेख्य सहभागिता रहने अनुमान गरेका छौँ ।” 

क्यान कास्कीका सचिव विकास भुर्तेलका अनुसार मेलामा रु २४ लाखको आम्दानी र रु २१ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट बचत भएको रकम सूचना प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने साथै सामाजिक क्षेत्रमा योगदान पुरयाइनेछ । क्यानले गत वर्ष मेलाबाट बचत भएको रकमले गृहिणीहरुलाई निःशुल्क कम्प्युटर तालीम प्रदान गरेको थियो भने यस वर्ष २१ जना दृष्टिविहीनहरुलाई कम्प्युटर शिक्षा प्रदान गरिरहेको जनाएको छ । मेलामा १०० कक्ष रहनेछ । इन्फोटेकको तयारीका लागि क्यान कास्कीका अध्यक्ष पौडेलको संयोजकत्वमा २६ वटा विभिन्न उपसमिति गठन गरिएको र उपसमितिले आफ्नो कामहरु तीव्ररुपमा गरिरहेको सचिव भुर्तेलले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया

पर्वत, १२ चैत (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन.....

चितवन, १२ चैत (रासस): नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले.....

काठमाडौँ, १० चैत (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनको कार्यतालिका ऐन मै.....

काठमाडौँ, १२ चैत (रासस) : सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक.....

पर्सा, १२ चैत (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको.....

चौतारा, १२ चैत (रासस) : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ फुल्पीङकट्टिस्थित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत्.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np