बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १६६ पुग्यो

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार ०८:४३   सम्पादक: admin

रियो डे जानेरो, २ फागुन (रासस÷सिन्हवा) : ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिका थप शवहरु फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १६६ पुगेको छ । अझै पनि उक्त दुर्घटनामा परेका १५५ व्यक्ति बेपत्ता रहेका नागरिक प्रतिरक्षा विभागले बुधबार जानकारी दिएको छ । शुरुमा करिब ३०० व्यक्ति हराइरहेका जानकारी गराइएको थियो । बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो सङ्ख्या १६६ पुगेको र अझै पनि १५५ बेपत्ता रहेका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यस घटनामा परी मारिएका मध्ये १६० जनाको परिचय खुलेको बताइएको छ । शुरुमा यस घटनामा फसेका करिब १९२ जनालाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताउनुभएको थियो । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका हजारौको सङ्ख्यामा सर्वसाधारण प्रभावित भएका थिए । बाँध भत्किएको यस इलाकामा ३२७ अग्नीनियन्त्रक र उद्धारकर्ताले ४३ ओटा भीषण मेशिनको प्रयोग गर्दै अझै पनि लगातार उद्धारकार्यमा जारी राखेका बताइएको छ । उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताउनुभएको छ । यहाँको एक ठूलो बाँध फुटेर एक्कासी शहर र नजिकैको बस्ती, सडक, तरकारी तथा अन्य बालीमा पसेको थियो । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np