उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजानिक हुन्छ : मन्त्री पोखरेल

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार ०८:०९   सम्पादक: admin

काठमाडौँ, २ फागुन (रासस): सांसद राधेश्याम अधिकारी : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ? राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित सांसद अधिकारीले सो प्रश्न राख्नुभयो । प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधि र प्रक्रिया पूरा भएपछि प्रतिवेदन सार्वजानिक गरिने जवाफ दिनुभयो । उहाँले करीब पाँच सय पृष्ठ रहेको सो प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति तथा नयाँ ऐनसमेत बन्ने जानकारी दिँदै यसले विसं २०२८ को शिक्षा नीतिलाई समेत विस्थापित गर्ने छ भन्नुभयो । प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तण भई मन्त्रिपरिषद्मा छलफलका क्रममा रहेको हुँदा सार्वजनिक नभएको मन्त्री पोखरेलले स्पष्ट पार्दै भन्नुभयो “प्रतिवेदन प्रक्रियागत ढङ्गले विधि र प्रक्रिया पूरा भएपछि सार्वजनिक हुन्छ ।” उहाँले अगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार हालसम्म करीब ४०० स्थानीय तहमा शिक्षालय स्थापना भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल ४८१ विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षाका कार्यक्रम सञ्चालन गरिराखेका छन् । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुसित समन्वय भइराखेको जानकारी दिँदै शिक्षामन्त्री पोखरेलले चीन सरकारबाट विश्वविद्यालयलाई छात्रवृत्तिको व्यवस्थासमेत भएको बैठकमा जानकारी दिनुभयो । उहाँले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण प्राप्त गर्न कार्यविधि स्वीकृत भइसकेको जानकारी पनि बैठककलाई गराउनुभयो । विद्यालय बाहिर रहेका छात्रछात्रालाई विद्यालयमा भर्ना गराउन अगामी कार्यक्रम के छ ? भन्ने सांसद प्रकाश पन्तको प्रश्नमा मन्त्री पोखरेलले छात्रछात्रा विद्यालय भर्ना अभियान स्थानीय तहमार्फत सञ्चालन भइराखेको छ, यसमा मन्त्रालयको सहयोग जारी छ भन्नुभयो । शिक्षा मन्त्रालयका अनुसार गत वर्ष तीन लाख १३ हजार विद्यालय जाने उमेरका बालबालिकामध्ये दुई लाख ५४ हजार विद्यालयमा भर्ना भएका थिए । बाँकीलाई पनि विद्यालयको पहुँचभित्र ल्याउने कार्य जारी रहेको बताइन्छ । मन्त्री पोखरेलले साक्षर नेपाल बनाउने अभियानमा सरकार लागेको जानकारी दिनुभयो । बैठकमा सांसद रामनारायण विडारी, रामलखन चमार, वृशेषचन्द्र लालले मन्त्री पोखरेलसमक्ष आ–आफ्ना जिज्ञासा राख्नुभएको थियो । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np