महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार ११:०९   सम्पादक: admin

काठमाडौँ, २८ माघ (रासस) : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “यस पटकको दिवसमा सन्देश मूलक सामग्रीलाई स्थानीय तहसम्म पु¥याउनुपर्छ, त्यसका लागि सबै तहबाट सहयोगको अपेक्षा गर्दछु”, मन्त्री थापाले भन्नुभयो । मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले अन्तर्राष्ट्रिय नारी दिवसका सन्देश प्रचारप्रसार गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभयो । बैठकमा सहभागी विभिन्न सङ्घ÷संस्थाका प्रतिनिधिले यस दिवसलाई विगतका भन्दा फरक ढङ्गबाट मनाउन सुझाव दिनुभयो । 

फ्रान्सको राज्य क्रान्तिका बेला ग्रीसकी महिला लाईसिसट्राको नेतृत्वमा पहिलोपटक पटक आयोजित महिला आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मार्च ८ तारिखबाट यो दिवस मनाउन थालिएको हो । त्यस दिन चीन र ब्राजिललगायत अन्य देशका महिलले पनि महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेद हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । 

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np