नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १०:५९   सम्पादक: admin

काठमाडौँ, २८ माघ (रासस): नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गर्नुभएको छ । सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिनुभएको हो । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीृकत भएसँगै सङ्घको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ । 

तपाईको प्रतिक्रिया

भक्तपुर, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने.....

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको.....

नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र.....

सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्ट्रेचर वितरण गरिएको छ ।उक्त गाउँपालिका.....

– विजय रावत खलङ्गा, ६ वैशाख (रासस) : कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको.....

अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np