लोप हुँदै पानीघट्ट

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १०:३८   सम्पादक: admin

बाजुरा, २८ माघ (रासस): पुरानो प्रविधि र सीप देखिने पानीघट्ट यतिबला हराउन थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा आधुनिक कुटानीपिसानी मिल सञ्चालनमा आएपछि पुराना प्रविधिबाट निर्माण गरिएका पानीघट्ट हराउन थालेका हुन् । गाउँमा जताततै बिजुली बल्न थालेपछि कुटानीपिसानी मिलकै कारण पानीघट्टको माग कम हुँदै गएको एक दशकदेखि पानीघट्ट सञ्चालन गर्दै आएका करवीर नाथले बताउनुभयो । मिलमा पिसानी गर्दा कम समय लाग्ने भएपछि महत्व घट्दै गएको पानीघट्ट सञ्चालक नाथ बताउनुहुन्छ । नदी तथा खोला किनारमा हुने र गाउँबाट टाढा हुने, एक्लै गएर पिसानी गर्न पनि असुरक्षा हुने गरेका कारण मिलप्रति स्थानीयवासीको आकर्षण बढेको बडिमालिका नगरपालिका–२ का विक्रम गुयाले बताउनुभयो । मेशिनमा पिस्दा स्वाद हराउने हुँदा रोटी मीठो नहुने बुढापाका बताउँछन् । पुरानो प्रविधि र सीपसँग जोडिएको विषयलाई संरक्षण गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका छन् । पानीघट्टको संरक्षण आवश्यक रहेको बडिमालिका नगरपालिका–२ घागरका पानीघट्ट सञ्चालक महावीर महतको भनाइ छ । मिल सञ्चालनसँगै सयौँको रोजगारीसमेत बन्द भएको छ । रोजीरोटी बन्द भएकोमा भन्दा प्रविधि हराउनेमा बढी चिन्ता लागेको महत बताउनुहुन्छ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np