पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा

प्रकाशित मिति: २८ माघ २०७५, सोमबार १०:१०   सम्पादक: admin

काबुल, २८ माघ (रासस/एएफपी) – अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुग्नु भएको छ । संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो । शनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता गर्नुहुनेछ । त्यस वार्ताको मुख्य एजेन्डा गत महिना अमेरिका र तालिबान लडाकूबीच भएको वार्ता हुने बताइएको छ । अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकूबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै आएको छ । तालिबान लडाकू समूहले काबुल प्रशासनलाई अमेरिकी “कठ्पुतली” भनी आरोप लगाउने गरेको छ । तर पनि अफगान राष्ट्रपति घानीका समर्थकहरु तथा मित्रराष्ट्रहरुले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीहरुको मुख्य भूमिका हुनुपर्ने बताएका छन् । तालिबान लडाकू समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत हप्ता मस्कोमा भेटवार्ता गरेको थियो । सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो । 

केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयासहरु भएका छन् । ती प्रयासहरु आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ । यस पटकको पेन्टागनका कार्यबाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ । 

तपाईको प्रतिक्रिया

बुटवल, ३ फागुन (रासस) : प्रदेश स्थापनाको पहिलो वर्ष प्रदेश नं ५ मा आज स्थापना दिवस मनाइएको छ । गत वर्ष आजकै दिन.....

पोखरा, ३ फागुन (रासस) : नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप.....

– मोहम्मद सदरुल विराटनगर, २ फागुन (रासस) : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै.....

नयाँ दिल्ली, ३ फागुन (रासस/एएफपी) – भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई.....

–राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, ३ फागुन (रासस) : थारु समुदायको वैवाहिक परम्परामा आधुनिकता थपिदा यसको मौलिकता नै.....

कपिलवस्तु, ३ फागुन (रासस) : कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा आयोजना गरिएको युवा सम्मेलन १६ बँुदे कपिलवस्तु.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं.८ आत्तरखेलमा निम्न मध्यम वर्गीय परिवारमा मिति.....

सुदर्शन बजगाई  - काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं.२ आकासी बगरमा मध्यम वर्गीय किसान परिवारमा.....

सुदर्शन बजगाई - सरकारले बैशाख ३१ गतेको लागि तय गरेको स्थानीय निकयको चुनाबले देशको राजनीति मात्र होइन हरेक टोल.....

२०४६ सालबाट नेविसंघबाट राजनीति सुरु गरेका दिपक रिसाल गोकर्णेश्वर नगरपालिकाको लागि मेयरको चर्चामा छन् । चतुर.....

समाजसेवी कोमल लामिछानेले जनताको अनुरोध अनुसार आफु पनी मेयरको दावेदार बन्ने तरखरमा रहेको गोकर्णेश्वर अनलाइनलाई.....

© २०७3 सर्वाधिकार सुरक्षित, wwww.Gokarneshworonline.com, Design By: www.ekumar.com.np